• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा



डोटी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ । 

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीलाई त्यसै विद्यालयमा पढ्ने दिनेशमाथि बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ । भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो । उनको कारावास सजाय भने अदालतले अहिलेसम्म नतोकेको प्रहरीले जनाएको छ ।