४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राम किन आदर्श मर्यादा पुरूषोत्तम भए?

राम किन आदर्श मर्यादा पुरूषोत्तम भए?
अ+ अ-

दशरथजस्ता चक्रवर्ति राजाले कसैको स्वार्थमा बहकिएर आफ्ना जेष्ठपुत्र यस्ता महापुरूष पुरूषोत्तम अर्थात् मानिसमध्ये सबैभन्दा उत्तम युवराज रामलाई पनि १४ वर्ष वनबास पठाउन पुगे। पिताको आदेश सहर्ष बिना प्रतिवाद रामले मानेर वनबासको यात्रा तयारी गरिहाले।

रामले मसंग नआउ, दरबारमै बसेर पिता दशरथलाई राजकाज सम्हाल्न साथ देउ भनेर जति सम्झाए पनि नमानेर पत्नी सीता र भाइ लक्ष्मण रामको साथै लागेर हिडे। त्यो पिरले दशरथको निधन चॉडै हुन पुग्यो। पिताको मृत्युसंस्कारमा राम, लक्ष्मण र सीता मलामी जान र किरिया बस्न पनि आउन सकेनन्।

जिन्दगीभरि यस्ता महापुरूषले दु:ख पाईरहे तर कहिले कसैसंग गुनासो गरेनन्, तिक्तता देखाएनन्। जिवनलाई आदर्श बनाईरहे। राजा कस्तो हुनुपर्छ भन्ने देखाए। त्यसैले त हिन्दुहरू राम र कृष्णलाई कहिल्यै बिर्सन सक्दैनन्।

रावणलाई युद्धको मैदानमा मारेर रामले लंकाका शासकलाई राजाको योग्यको दाहसंस्कार दिए। चितामा प्रज्वलन गरेपछि रामले घोषणा गरे: “अब रावण रहेनन्, उनी हाम्रो शत्रु रहेनन्, आउनुहोस्, यस क्षणबाट उनको भलाइको लागि मात्र उनलाई याद गरौं। उनका खराब कर्महरू क्षमा होस्।”

धर्म अनुसार जीवन बिताउनेहरूले दिवंगत मानिसहरू वा भविष्यवक्ताहरूको बारेमा खराब कुरा गर्दैनन्। तिनीहरू वर्तमानमा बस्छन् र शान्तिको लागि काम गर्छन्।

एक पटक रामलाई एक जनाले गहिरो अपमान गरेको थियो। तर यसमा रामको प्रतिक्रिया धेरै महत्त्वपूर्ण छ: “तपाईलाई आफ्नो इच्छा अनुसार बोल्ने सबै अधिकार छ। तर यद गर, तिम्रो शब्द र कार्यले तिम्रो क्षुद्रतालाई प्रतिनिधित्व गर्दछ।

शासकको रूपमा म तिम्रो विचार र भाषणको अधिकारको लागि खडा हुनेछु। म पनि तिम्रो रक्षा गर्छु। तर याद राख्नु, विचारले कोही पनि सानो हुदैन। कर्मको सद्गुणले मान्छे बितेपछि पनि महान रहन्छन्। सानो मान्छेको सानो बोलीले महानतालाई कहिल्यै नष्ट गर्दैन।”

अयोध्या राम जन्मभूमि जस्तो त्यति ठूलो महत्वको ट्रस्टका सचिव आदरणीय श्री चंपत राय जी सानो कोठामा सुत्नुहुन्छ। । त्यो कोठामा न कुलर छ न AC । उहॉ खानामा २ वटा रोटी र लौकीको तरकारी मात्र खाने गर्नुहुन्छ। उहॉको पाहुनाहरूले पनि त्यही खान्छन् , त्यही खाना दिईन्छ। उहॉको मिडियाहरूमा खासै चर्चा पनि हुदैन। उहॉको न प्रचार हुन्छ न चर्चा, न कुनै ताम-झाम छ। यस्ता सन्तहरू पनि छन् अहिलेको भ्रष्टहरूको जमानामा।

रावणको मृत्युमा राम सबैभन्दा दु:खी राम!

रावण विद्वान थिए, शिवका भक्त थिए, पराक्रमी थिए, उनको देश सुनैसुनले सजिएको स्वर्ग र आनन्दित थियो तर उनको दर्दनाक अन्त्य भयो, त्यो पनि सामान्य अयोध्याका वनबासी सोनाबिहीन राजा रामको हातबाट !

रावणको अन्त्यबाट सबैभन्दा बढी दु:खी राम भएका थिए। यस्तो ज्ञानी विद्वानको अन्त्य युगकै लागि ठूलो क्षति हो भन्ने कुरा रामले बुझेका थिए । रावणको एकमात्र अक्षम्य त्रुटी सीताहरण थियो, जसले उनको काल निम्त्याएको थियो ।

मृत्युशैयामा रावण रहदा रामले लक्ष्मणलाई रावणको छेउमा गएर अन्तिम ज्ञान लेउ भनी अह्राए। लक्ष्मण पुगे र ल अब तपाईँ मर्ने नै हुनुभयो मलाई भएको केही ज्ञान दिनुस भने।

रावणले अशिष्ट तरिकाले लक्ष्मण प्रस्तुत भएको लागेर अर्को पट्टि मुन्टो फर्काए, केही बोलेनन् ।

रावण नबोली बसेर केही शिक्षा नपाए पछि लक्ष्मण फर्केर रामलाई सबै कुरा सुनाए । अनि राम आफै रावणसमक्ष पुगे, रावणको पाउमा समाउदै हजुरले मलाई तपाईँमा भएको अथाह ज्ञानबाट केही ज्ञान दिनुपर्यो भनेर विनम्र अनुरोध गरे ।

रावण खुशी भएर भन्न थाले, “तपाईँजस्तो सत्पुरूषसंग दुष्मनी गर्नको साटो दोस्ती गरेको भए आज मेरो यो हालत हुने थिएन ।

मान्छे विग्रने बेलामा मित्रलाई शत्रु र शत्रूलाई मित्र ठान्छ। जब सत्य बुझ्छ, उसको अन्त्य नजिक आईपुगेको हुन्छ। प्राण जाने अन्तिम क्षणमा तपाईँलाई मैले यति मात्र भन्न सकें, याद गर्नुहोला।” भन्दै रावणले अन्तिम प्राण त्यागे ।