११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा ओलीको ‘क्लिन स्विप’



अ+ अ-

काठमाडौं । नेकपा एमालेको आज बसेको पहिलो केन्द्रीय कमिटी बैठकले ओलीको पक्षका नेताहरुलाई जिम्मेवारी तोकेको छ । ओली निकटका केन्द्रीय सदस्यहरुको भनी आज बोलाइएको बैठकलाई नै केन्द्रीय कमिटिको बैठक भनेर अ्रध्यक्ष ओलीले एकतर्फी निर्णय गरेको बताइएको छ । 

यस बैठकले माधव नेपाल पक्षका सबै जसो नेतालाई निष्कासन गरेर सो समूहलाई थाहा नै नदिई दुरगामी महत्वका निर्णय गरेको छ । दशेका सबै प्रदेशका इन्चार्जमा अब ओलीले आफैले आफ्नो पक्षका नेताहरुलाई मनोनित गर्नुभएको छ ।  

साथै आजको सो बैठकले महाधिवेशनको मिति तोक्नुका साथै नेताहरूको जिम्मेवारी पनि हेरफेर गरेको छ । 

उता आजै बुटबलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालजीहरुले एमाले कब्जा गरेर ओलीलाई पार्टीबाट निकाल्छन् भनी दिएको अभिव्यक्ति सार्वजनिक हुन नपाउँदै यता ओलीले माधव नेपाल पक्षका सबैजसो नेतालाई हटाएको निर्णय सार्वजनिक गर्नुभएको छ ।  
 
बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ । यसअघि यो इन्चार्जमा अष्टलक्ष्मी शाक्य हुनुहुन्थ्यो । शाक्य माधव नेपाल निकट मानिनुहुन्छ । 

त्यसैगरी एक नम्बर प्रदेशको इन्चार्जमा माधव पक्षका भिम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई मनोनित गरिएको छ । त्यस्तै प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेललाई भने यथावत राखिएको छ । उहाँहरु ओली निकटकै हुनुहुन्छ । 

उता कर्णालीमा भने नेपाल पक्षका युवराज ज्ञवालीलाई हटाएर हालै माओवादीबाट एमालेमा आएका मणि थापालाई र सुदूरपश्चिममा नेपाल पक्षका तथा ओलीका कटु आलोचक भिम रावललाई हटाएर माओवादी नेता लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ।

यसैगरी आजको बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा।राजन भट्टराईले पाएका छन् ।

आजको सो बैठकले प्रचार विभाग प्रमुख तथा प्रवक्तामा प्रदीप ज्ञवालीलाई मनोनित गरिएको छ । यअसघि प्रचार विभागको प्रमुखमा योगश भट्टराई हुनुहुनथ्यो । स्कूल विभागको जिम्मेवारी भने ओली आफैंले लिनुभएको छ। 

त्यसैगरी आजैको बैठकले अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने बनाइएको छ । 

आजको बैठक ओली निकटका सदस्यहरुको उपस्थितिमा भएको थियो । सो बैठक सकिएपछि अध्यक्ष ओलीले अर्को बैठक चैत ७ गते बस्ने निर्णय पनि गर्नुभएको बताइएको छ । 

साथै आजको बैठकमा नआएका माधव नेपाललगायतका नेताहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक सहभागी नेताले बताएका छन् ।