![](https://newspolar.com/wp-content/uploads/2024/01/421287780_791911036298612_769480821447366964_n.jpg)
काठमाडौं । आइसीसी यू-१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ ।
दिपेश कँडेलले न्युजिल्यान्डका ओलिभर तेवतियालाई शुन्य रनमा आउट गराउदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
यसअघि १३.५ ओभरमा टोम जोनलाई ३३ रनमा रोक्दै तिलक भण्डारी दोस्रो विकेट लिएका थिए ।
ताजा स्थितीमा न्युजिल्यान्डले १५ ओभरमा तीन विकेट गुमाएर ६९ रन बनाएको छ ।