काठमाडौं । आइसीसी यू-१९ विश्वकपको समुहचरणअन्तर्गत नेपालविरुद्ध न्युजिल्यान्डले राम्रो सुरुवात गरेको छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले पावर प्लेमा कुनैपनि विकेट नगुमाई ५३ रन बनाएको छ ।
न्युजिल्याण्डका ओपनर टोम जोनले ३० र ल्यूक वाटसनले १४ रन बनाएका छन् । नेपालका कुनैपनि बलरले विकेट लिन सकेका छैनन् ।
नेपालको प्लेइङ ११:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेश प्रसाद कंडेल, सुभाष भण्डारी, दीपक बोहोरा,उत्तम रंगु थापा मगर, तिलक राज भण्डारी, आकाश चन्द, दिपक बोहोरा ।