६ श्रावण २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको दाबी: संक्रमणकालीन न्याय सहमतिबाटै टुंग्याउँछौँ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरुको सहमतिबाटै टुंग्याउने बताउनुभएको छ ।

आईतवार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको र राजनीतिक दलका नेताहरुसँग आफूले वार्ता गरिसकेको भन्दै हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ सदनमा पेस गर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले अब गति लिने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘टिआरसीबारे सबै छलफल र तयारी गरेका छौँ । संसदको उपसमितिबाट टुंग्याएर त्यो समितिमा गएको छ । अब फुल हाउसमा लैजाने तयारी छ । सदन खुल्ने बित्तिकै टिआरसी विधेयकलाई प्राथमिकताका साथ राखिन्छ र टुंग्याइन्छ । टुंग्याउने कुरा सहमतिबाट टुंग्याउन मेरो पूरै कोशिस छ । राजनीतिक दलका नेताहरुसँग मैले लगातार वार्ता गरेको छु । मलाई विश्वास छ, अन्तिममा सहमतिबाट नै टिआरसी विधेयक टुंगिन्छ । शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले गति लिन्छ ।’

प्रधानमन्त्री दाहालले एक वर्षे उपलब्धी सार्वजनिक गर्दाको सम्बोधनअनुसार नै काम अघि बढाइरहेको दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल