२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ विश्वकपमा भारतको विजयी सुरुवात



अ+ अ-

एजेन्सी । यू-१९ विश्वकप २०२४ मा, भारतीय टोलीले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । जवाफमा बंगलादेश ४५.५ ओभरमा १६७ रनमै सीमित भयो ।

भारतले दिएको २५२ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले राम्रो सुरुवात गरेको थियो । आशिकुर रहमान शिबली र जिशान आलमले पहिलो विकेटका लागि ३८ रन जोडे । शिबलीलाई सौम्य पाण्डेले आउट गरे । उनी १४ रन बनाएर प्याभिलियन फर्किए ।

जिशानलाई राज लिम्बानीले १४ रनमा प्याभिलियनको बाटो देखाएका थिए । चौधरी मोहम्मद रिजवानले खाता पनि खोल्न सकेनन् र सौम्य पाण्डेको शिकार बने ।

अरिफुल इस्लाम (४१) र मोहम्मद शिहाब जेम्स (५४) बीच ११८ बलमा ७७ रनको साझेदारी भयो । मुशीर खानले इस्लाम र सिहाब जेम्सलाई आउट गर्दै भारतको जित सहज बनाए । यी दुई आउट भएपछि बंगलादेशका कुनै पनि ब्याट्सम्यान पिचमा लामो समय टिक्न सकेनन् । भारतका लागि सौम्य पाण्डेले ९.५ ओभरमा २४ रन दिएर ४ विकेट लिए । मुशीर खानले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङमा आएको भारतीय टोलीले खराब प्रदर्शन गरेको थियो । १७ रनको स्कोरमा भारतलाई पहिलो झटका लाग्यो । ३१ रन पुग्दा भारतले २ विकेट गुमाएको थियो । कप्तान उदय सहारन (६४) र अर्शिन कुलकर्णी (७६) बीच १४४ बलमा ११६ रनको महत्वपूर्ण साझेदारी थियो ।

प्रियांशु र अरावेल्ली अवनीशले २३–२३ रनको योगदान दिए । सचिन दासको अविजित २६ रनको इनिङले टोलीको स्कोर २५० भन्दा माथि पुर्यायो । बंगलादेशका लागि मारुफ मृधाले ८ ओभरमा ४३ रन दिएर ५ विकेट लिए ।