५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत आर्सनल शानदार जितका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसमाथि ५–० गोलको एकतर्फी जित निकालेको हो ।

आर्सनललाई जित दिलाउन ग्याब्रिएल मार्टिनेलीले २ गोल गर्दा लियान्द्रो ट्रोसार्ड र गेब्रियल मेगहेल्सले एक-एक गोल गरे । एक गोल भने आर्सनलले उपहारस्वरुप पाएको थियो ।

११ औँ मिनेटमा गेब्रियल मेगहेल्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा क्रिष्टलका डिन हेन्डरसनले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो ।

ट्रोसार्डले ५९ औँ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए । अतिरिक्त समयको चौथो र पाँचौँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीले लगातार २ गोल गर्दै आर्सनललाई ५–० को फराकिलो जित दिलाए ।

जितपछि आर्सनल ४३ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान ४३ अङ्क भएको एस्टन भिल्ला चौथो स्थानमा झरेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पनि ४३ नै अङ्क रहेको छ ।

लिभरपुल ४५ अङ्कका साथ शीर्ष स्थानमा रहदा आर्सनलसँग पराजित क्रिष्टल प्यालेस भने १४ औँ स्थानमा छ ।