• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

यू-१९ विश्वकप: नेपालले आज न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै



काठमाडौँ । नेपालले आज आइतबार दक्षिण अफ्रिकामा आईसीसी यू–१९ विश्वकप क्रिकेटको यात्रा सुरु गर्दै छ । न्युजिल्यान्डसँग खेल्दै नेपालले युवा विश्वकपमा ८ वर्षपछि पुनरागमन गर्न लागेको हो ।

नेपाल र न्युजिल्यान्डबीचको खेल नेपाली समयानुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

न्युजिल्यान्डले भने दुई वर्षअघि क्यारेबियन भूमिमा भएको पछिल्लो संस्करण कोभिड–१९ को प्रोटोकलका कारण जनाउँदै खेलेको थिएन ।

समूह ‘डी’ को न्युजिल्यान्डसँगको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ । दक्षिण अफ्रिका पुगेर खेलेको चारमध्ये तीन अभ्यास खेलमा जित निकालेको नेपाल त्यही लय न्युजिल्यान्डविरुद्ध उतार्ने दाउमा छ ।

न्युजिल्यान्डविरुद्ध यू–१९ विश्वकपमा नेपाल अपराजित छ । सन् २००६ मा श्रीलंकामा भएको प्रतियोगितामा नेपालले प्लेट फाइनलमा न्युजिल्यान्डलाई १ विकेटले पराजित गरेको थियो ।

त्यस्तै, २०१६ मा बंगलादेशमा भएको प्रतियोगितामा पनि नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । नेपाल त्यसयता यू–१९ विश्वकपमा पहिलो पटक खेल्न लागेको हो ।