२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकका हुन्: बद्रि केसी



अ+ अ-

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निर्वाचित अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको रहेको आरोप लगाउनुभएको छ ।

शनिवार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा पराजित आरके शर्मा पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नजिकको रहेको बताउनु भयो । उहाँले देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउने भएपनि गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको स्पष्ट पार्नुभयो ।

उहाँले एनआरएनएको २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल र सचेतना अपनाएर निर्वाचन आफूहरुले गरेको दाबी गर्नुभयो । उहाँले निर्वाचनअघिसम्म सबैले सहमति गरेर निर्वाचन गराएपनि नतिजालाई स्वीकार्न नसक्दा विभिन्न आरोप लगाइएको बताउनु भयो । उहाँले अहिले एनआरएनएको निर्वाचित समिति एउटा मात्रै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई लाग्छ एनआरएनएको इतिहासमा २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल भनेर, सबैभन्दा बढी सचेतना अपनाएर, सबैभन्दा बढी वैधानिक कागजपत्र उपलब्ध गराएर इलेक्शन गरेको छ । किनभने यो भन्दाअघि हामीलाई यस पाठ सिकएको थियो । इलेक्शन कमिटीले चुनाव हुनुभन्दाअघि तीन जना नै अध्यक्षको उम्मेदवारहरु र हरेक अध्यक्षको उम्मेदवारको दुई दुई जना प्रतिनिधिहरुले सही गरेर चुनाव शुरु गरिएको छ । चुनावको बीचमा आएका प्राविधिक समस्याहरुलाई समाधान गर्नका लागि तीन जना नै अध्यक्षका उम्मेदवारहरुले सही गर्नुभएको छ र सहमति भएको छ । तीन जनै अध्यक्षका उम्मेदवारहरु र प्रतिनिधिहरुले सही गरेर चुनाव समापन गरेका छौँ । चुनाव गरुन्जेलसम्म सहमति हुने र चनुावको रिजल्टपछि असहमति जनाउने हाम्रो इतिहासमै पहिलोपटक हो । त्यस्तो खालको अराजकता कहिले पनि देखेका थिएनौँ । त्यस्तो खालको अलोकतान्त्रिक पद्धति कहिले पनि देखेका छैनौँ । चुनावको बेलामा साँच्चिकै एकजना उपाध्यक्षको उम्मेदवारमा केही इरर आएको हो । तर तत्काल नै भेरोभोटिङसँग इन्फरमेसन लिएर समाधान गरेका हौँ । अहिले निर्वाचित समिति एउटा मात्रै छ । देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउन सक्छ । गैरआवासीय नेपाली भनेको गैरराजनीतिक अभियान हो । जात र धर्म, भाषा भन्दा माथिको अभियान हो । हामी सरकारलाई सघाउन चाहन्छौँ र सरकारबाट पनि त्यही अपेक्षा गरेका छौँ । जितेर आएको समितिलाई सरकारले सहयोग गरोस् । पराजित साथीहरुले सरकारलाई अन्योलमा पारिदिनुभयो । पराजित साथीहरु सरकारका नजिकका व्यक्तिहरु हुनुहुन्थ्यो । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका नजिकका व्यक्तिहरु हुनुहुन्थ्यो र उहाँहरुले भ्रम फैल्याएर गलत कुरा मन्त्रीहरुलाई दिनुभयो । सरकारले आफ्नो ठोस निर्णइ अझैसम्म ल्याएको छैन ।’

विगत ३ महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू शुरु भएको एनआरएनएले जनाएको छ । गत नोभेम्बर महिनाको पहिलो साता ठूलो जनधनको क्षति हुनेगरी गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति लगायतबाट संकलित करिव १ करोड २४ लाख ६८ हजार रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरेको बताएको छ ।

गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण लगायत दीर्घकालीन सहयोगका लागि स्थानीय सरकारहरूसँग समन्वय गरेर काम गरिरहेको बताएको छ । गैरआवासीय नेपाली संघले यसअघि घोषणा गरेबमोजिम यसै साता कोशी प्रदेशको धरानमा, मधेस प्रदेशको जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको छ भने आगामी २६ जनवरीमा लुम्बिनी प्रदेशमा अर्को मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरिएको जनाएको छ । –न्युज एजेन्सी नेपाल