८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

प्रधानमन्त्री कप क्रिकेटः मधेससँग कर्णाली पराजित

प्रधानमन्त्री कप क्रिकेटः मधेससँग कर्णाली पराजित
अ+ अ-

काठमाडौँ । मधेस प्रदेशले शनिवार कर्णालीमाथि जितसहित जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो सफलता आत्मसात गरेको छ ।

हरिशंकर साहको अलराउन्ड प्रदर्शनमा मधेसले पाँचौं खेलमा तेस्रो सफलता प्राप्त गरेको हो । मधेसको जितमा हरिशंकरले ५० रनको अर्धशतकसँगै एक विकेट लिँदै अलराउण्ड प्रदर्शन गरे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शिर्ष तीनका ब्याटर चलेपछि मधेसले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा दुई सय ३२ रनको लक्ष्य प्रश्तुत गर्यो । जवाफी ब्याटिङ गरेको कर्णाली ४१.१ ओभरमा एक सय ७० रनमै अलआउट भयो । कर्णालीले खराब शुरुवाती गर्यो । कर्णाली चौथो ओभरमै १२/२ को अवस्थामा पुग्यो ।

यस क्रममा कप्तान तथा ओपनर रविन्द्र शाही १ रन र हिमान्सु शाही २ रनमा आउट भए । दुवैलाई राजेश यादवले आउट गरेका हुन् । अर्का ओपनर विपिन शाहीले तेस्रो विकेटका लागि अर्जुन घर्तीसँग ४६ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे । तर विपिन ३१ रनमा बनाएर पवेलियन फर्किए । त्यसपछि विकेटकिपर अर्जुनले राम्रो साथ पाएनन् । लगातार विकेट पतन हुँदा कर्णाली २८.२ ओभरमा १०४/७ को अवस्थामा पुग्यो । यद्यपि नवौं नम्बरमा ब्याटिङ गर्न आएका दिनेश अधिकारीले उनलाई साथ दिए ।

यी दुईले आठौं विकेटका लागि ६१ रनको साझेदारी गर्दै कर्णालीको आशा जीवन्त राखे । तर मधेसका बलर राजेश यादवले ४०औं ओभरमा दिनेशलाई ३३ रनमा आउट गर्दै साझेदारी तोडे । त्यसपछि खातामा थप पाँच रन जोड्दा कर्णालीले बाँकी दुई विकेट पनि गुमाउन पुग्यो । अर्जुन ५८ रनमा अर्जुन तिवारीद्वारा आउट हुन पुगे । उनको इनिङमा दुई चौका र दुई छक्का रह्यो । मधेसको बलिङमा राजेशले तीन विकेट तथा प्रदीप पासवानले दुई तथा रूपेश सिंह, अभिशेक तिवारी, रञ्जित कुमार, हरिशंकर र पवन पर्राफले समान एक विकेट लिँदै मधेसलाई सस्तैमा अलआउट गरे ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेसले उत्कृष्ट सुरुवात ग¥यो । तर मध्यक्रम चल्न नसक्दा ठूलो योगफल भने बनाउन सकेन । कप्तान हरिशंकर र मयनको अर्धशतकमा मधेसले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३१ रनको योगफल बनायो । कप्तान हरिशंकर र मयनले समान ५० रन जोड्दा विकेटकिपर अनिल शाहले ४४ रन बनाए । हरिशंकरले ६१ बलमा ६ चौका प्रहार गरे । अनिलले ४४ बलमा चार चौका र दुई छक्का हिर्काए । मयनको अर्धशतकमा पाँच चौका रह्यो ।

अनिल र हरिशंकरले पहिलो विकेटका लागि १३.५ ओभरमा ८५ रन जोड्दै सानदार शुरुवात दिलाएका थिए । तल्लो क्रममा साथ नपाउँदा विशाल योगफल भने बनाउन सकेन । आठौं नम्बरका ब्याटर अभिशेक तिवारीले ३७ बलमा ३४ रन जोड्दै मधेसको इनिङ उकास्न मद्दत गरे । कर्णालीको बलिङमा दीपेन्द्र रावतले चार विकेट लिए । अनुज चनाराले दुई तथा दिनेश अधिकारी, युनिस सिंह र दिवान पुनले समान विकेट लिए । मधेसको पाँच खेलमा ६ अंक छ भने चार खेल खेलेको कर्णालीको समान दुई हार र जितबाट चार अंक नै छ ।