२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानिया मिर्जासँग अलग भएको खबरकाबीच शोएब मलिकले दोस्रो विवाह गरे



अ+ अ-

एजेन्सी । पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शोएब मलिकले दोस्रो विवाह गरेका छन् । शोएबले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको तस्विर शेयर गरेका छन् ।

हालै शोएब र सानिया मिर्जाको सम्बन्धविच्छेद हुन लागेको खबर बाहिर आएको थियो । शोएब मलिकले पाकिस्तानी अभिनेत्री सना जावेदसँग दोस्रो विवाह गरेका हुन् ।

लामो समयदेखि सानिया मिर्जा र शोएब मलिकको सम्बन्धविच्छेद हुनसक्ने अड्कलबाजी चलिरहेको थियो । तर, शोएब–सानियाको सम्बन्धविच्छेदको पुष्टि भने भएको छैन । यही कारण शोएबको दोस्रो विवाहले सबैलाई चकित बनाएको छ ।

शोएब मलिककी दोस्रो श्रीमती सना जावेद मात्र २८ वर्षकी छिन् । सना पाकिस्तानका धेरै टिभी शोमा देखा परेकी छिन् । यसका साथै उनी धेरै म्युजिक भिडियोमा अभिनय पनि गरिसकेकी छिन् । तर, यसअघि शोएब र सनाको सम्बन्धको बारेमा कुनै जानकारी आएको थिएन ।

सानिया मिर्जाले केही दिनअघि आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एक भावुक पोस्ट सेयर गरेकी थिइन्, जसका कारण शोएब मलिक र सानियाको सम्बन्धविच्छेदको अड्कलबाजी बढेको थियो । यससँगै सानियाले शोएब मलिकसँग शेयर गरेको तस्विर पनि अचानक डिलिट गरिन् ।

शोएबको पहिलो विवाह आयशा सिद्दीकीसँग भएको थियो । उनीसँग सम्बन्धविच्छेद गरेपछि शोएबले २०१० मा पूर्व भारतीय टेनिस खेलाडी सानियासँग विवाह गरे ।

सानिया र शोएबको सम्बन्धविच्छेदको बारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।