८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

राप्ती नदी सरसफाइमा युवाको सक्रियता

राप्ती नदी सरसफाइमा युवाको सक्रियता
अ+ अ-

जानकी । बाँकेको राप्ती नदी आसपासमा फोहर बढेको भन्दै स्थानीय युवा सरसफाइमा जुटेका छन् । राप्ती नदीमा तीर्थालुद्वारा पूजापश्चात् फ्याँकिएका प्लाटिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेका हुन् ।

वरपर देखिने फोहरले नदीलाई कुरुप बनाएको भन्दै यहाँका युवाले नदी वरपरको वातावरण स्वच्छ र स्वस्थ राख्न सरसफाइ गर्ने गरेका छन् । ‘ग्रीन नेपालगञ्ज क्लिन नेपालगञ्ज’का युवाले नदी सरसफाइका लागि अभियान बनाएर काम गरिरहेका अभियानका प्रमुख डा विनोद कर्णले बताउनुभयो ।

ग्रीन नेपालगञ्ज क्लिन नेपालगञ्जका संस्थापक अध्यक्षसमेत रहनुभएका कर्णले यस वर्षको दसैँ तिहारलगायतका विभिन्न चाडपर्वका अवसरमा नदीमा मूर्ति विर्सजन गर्दा भएको फोहर व्यवस्थापनका लागि युवाले सरसफाइ गरेको बताउनुभयो । “हाम्रो अभियान भनेको नेपालगञ्जलाई स्वच्छ र स्वस्थ राख्ने हो । पर्यटकीय हिसाबले राप्ती नदी पनि नेपालगञ्जको एक महत्वपूर्णस्थल भएकाले हामीले नदी वरपरको फोहरलाई व्यवस्थापन गरी सफा राख्ने प्रयास गरेका हौँ”, उहाँले भन्नुभयो ।

नदी वरपर फ्याँकिएको फोहर उठाएर नदीलाई सफा बनाउन फागुनको पहिलो हप्तासम्म सरसफाइलाई निरन्तरता दिइने कर्णले बताउनुभयो । “यहाँ दसैँदेखिको फोहर उठाइएको छैन । यहाँ देखिएजति सबै फोहर उठाउनुपर्नेछ । माघ पूरै जाग्छ । फागुनको पहिलो हप्तासम्म सङ्कलन भएको फोहर फोहर व्यवस्थापन गरी सक्छौँ ।” अभियानअन्तर्गत नदी सरसफाइ पनि एउटा मुख्य काम भएको अभियन्ता उहाँले बताउनुभयो ।

अभियानमा विमल प्रधान, महेश श्रेष्ठ, काशिम सिद्धिकी, किशोर केसी, उमेश शाह, नकुल खत्रीलगायत युवाको सहभागिता छ । अभियन्ता विमल प्रधानले नेपालगञ्जको पहिचानसँग जोडिएको राप्ती नदी सरसफाइ यहाँका युवाको जिम्मेवारी भएको बताउनुभयो । “राप्ती नदी धार्मिकस्थलका रुपमा मात्र नभई आन्तरिक पर्यटकसँग पनि जोडिएकाले यसको सरसफाइमा हामीले ध्यान दिनैपर्छ”, उहाँले भन्नुभयो, “नदी वरपरको फोहर व्यवस्थापन गर्नु सजिलो छैन ।”

बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने उक्त नदीमा विशेष गरी पूजाआजा र दाहसंस्कारका लागि मानिस जाने गर्दछन् । नदीको बीच भागबाट वारिपट्टि डुडुवा–४ र ५ मा पर्ने उक्त नदी छेउमा तीर्थ, व्रत गर्नेको भीड लाग्ने गर्दछ । गर्मीको समयमा आन्तरिक पर्यटक नदीमा पौडी खेल्न जाने गर्दछन् । रासस