८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन
अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको पनि सुरक्षाबेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली परिचालन हुनेगरी सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता राजेन्द्र खड्काले बताउनु भयो । त्यसैगरी विपद्जन्य घटनामा तत्काल परिचालन हुनेगरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । विपद् व्यवस्थापनको काममा तत्काल परिचालन गर्नका लागि ती बेस स्थापना गरिएको पनि प्रवक्ता खड्काले बताउनु भयो । बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न सशस्त्र प्रहरी बेलले प्रतिआतंकवाद उपशाखा स्थापना गरी काम शुरु गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न सो सम्बन्धि डेस्कनै स्थापना गरेर काम भइरहेको पनि बलका प्रवक्ता खडकाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बदलिँदो सुरक्षा चुनौतिको आँकलन गरेर प्रतिआतंकवाद उपशाखा स्थापना गरी कार्य सञ्चालन गरिएको छ । त्यसै गरेर सोसियल मिडिया मोनिटरिङ डेस्कको स्थापना गरी सामाजिक सञ्जालको दुरुपयोगलाई निरुत्साहित गरिएको छ । साथै साईबर डेक्स समेत स्थापना गरिएको छ । त्यसले कतिपय अवाञ्छित क्रियाकलापहरुलाई रोकथाम गर्ने र त्यसलाई कारबाहीको समेत दायरामा ल्याउने गरेर ५०/६० जना मान्छे त कारबाहीमा पनि परिसकेका छन् । हाम्रो पनि, बाहिर सिभिलियन पनि । अर्को विपद्जन्य घटनामा तुरुन्तै सशस्त्र प्रहरी बल परिचालन होस भन्ने हेतुले अहिले हरेक प्रदेशमा रहने गरी ८ वटा विपद व्यवस्थापन बेस भनेर हामीले व्यवस्था गरेका छौं । त्यहाँ विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीसहित मान्छेहरु, हाम्रा कर्मचारुहरु ट्वान्टी फोर आवर तयारी अवस्थामा हुन्छन् । र उनीहरुले गएर तुरुन्तै त्यस्ता कामहरुको तत्काल व्यवस्थापन गर्ने गर्दछन् । त्यसैगरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि यही गत हप्ताबाट मात्रै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एउटा सुरक्षा बेस ३० जनाको टोली रहने गरी त्यो स्थापना गरिएको छ । एयरपोर्टमा समेत सशस्त्र प्रहरी बल परिचालन गरिएको अवस्था हो ।’

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र सीमा सुरक्षाका लागि विशिष्टकृत जनशक्ति तयार पार्नका लागि काठमाडौंको मातातीर्थमा पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एण्ड डिसएष्टर म्यानेजमेण्ट स्टडिज प्रोग्राम नै सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी बलका अधिकृतहरुको बढुवाका लागि सो कोर्सलाई अनिवार्य उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था समेत गरिएको पनि बलका प्रवक्ता खड्काले बताउनु भयो । त्यसैगरी सशस्त्र प्रहरी बलले वातावरणमैत्री कार्यक्रम अन्तर्गत आन्तरिक रुपमा प्लाष्टिकका सामग्रीहरुको प्रयोगमा सकेसम्म रोक लगाउने नीति पनि लिएको छ ।

प्रवक्ता खड्काले भन्नुभयो, ‘यो विपद् व्यवस्थापनको क्षेत्रमा अनुसन्धान बढाएर अलि स्पेस्लाईज्ड म्यान पावर तयार गर्नका लागि विशेष सीमा र विपदलाई फोकस गरेर पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एण्ड डिसएष्टर म्यानेजमेण्ट स्टडिज सञ्चालन गरिएको । जसलाई बढुवा हुनका लागि अनिवार्य तालिमको रुपमा राखिएको छ । त्यो मातातीर्थमा शुरु भइसकेको छ । त्यसलाई हामीले इन्पेक्टरबाट डिएसपी हुनका लागि अनिवार्य तालिमको रुपमा विकास गरेका छौं । यसले गर्दा सीमा क्षेत्रमा खटिने र विपदमा खटिने व्यक्तिहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञानको दायरा अझ फराकिलो हुन्छ भन्ने संगठनले अपेक्षा लिएको छ । अब हरेक युनिटहरुलाई वातावरणमैत्री बनाउन सशस्त्र प्रहरी कर्मचारीहरुले सकेसम्म प्लाष्टिकका बोत्तल समेत हामीले यहाँ हेडक्वाटरमा मा त युज नगर्ने भनिसकेका छौं । बरु जगमा पानी खाने, गिलास ल्याउने भनेर त्यो बोत्तललाई पनि हामीले निरुत्साहित गरेका छौं । प्लाष्टिकका फूलहरु किन्न पनि हामीले प्रतिवन्ध नै लगाएका छौं ।’

सबै प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पतालको व्यवस्था गरिएको पनि पत्रकार सम्मेलन जानकारी दिइएको छ । प्रवक्ता खड्काले फिल्डमा खटिएका सशस्त्र प्रहरीहरुलाई सोही ठाउँमा उपचारको व्यवस्था हुनेगरी ती अस्पतालहरु पनि सञ्चालनमा ल्याउनुपरेको बताउनु भयो ।