१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

गाउँ–सहर सडक सञ्जालले जोडिँदै

गाउँ–सहर सडक सञ्जालले जोडिँदै
अ अ+ अ-

फुङ्लिङ । मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गर्नुभयो । आधा उमेर गइसकेपछि मात्र उहाँले गाडी देख्न पाउनुभयो । जमानामा उहाँ ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुग्नुभएको थियो । अहिले घरको आँगनबाटै दैनिक १०–१२ गाडी ओहोरदोहोर गरेको हेर्दै उहाँ विगतका दिन सम्झिरहनुहुन्छ ।

“खानेकुरा लिन धरानसम्म पैदल हिँडेरै पुग्थ्यौंँ तर अहिले घरघरमै आइपुग्दा अचम्म लागेको छ”, उहाँ भन्नुहुन्छ । विगतमा दुई दिन पैदल हिँडेर माइती जानुभएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूकी बेलिता लिम्बूलाई सोमबार बिहान आफ्नो माइतीमा आमा सिकिस्त बिरामी भएको खबर भयो । उहाँ आफ्नो जन्म दिने आमालाई भेट्न सोमबार बिहानै घर नजिकैबाट गाडी चढ्नुभयो । दश घण्टा गाडीमा यात्रा गरेपछि उहाँ आफ्ना माइतीघरमा आमालाई भेट्न सिरिजङ्गा गाउँपालिका–६ मामांखे पुग्नुभयो । पहिले त ठूलो जङ्गल र पहाड पार गर्दै जानुपर्ने भएकाले बाटामा खाजा, खाना पहिले नै तयार गरेर आफैँले बोकेर ४७ घण्टा पैदल हिँडेपछि माइती पुगिन्थ्यो । 

दैनिक खाद्य सामग्री लिनका लागि वर्षमा दुई पटक सदरमुकाम फुङ्लिङ पुग्ने फक्ताङ्लुङ गाउँपालिका–६ का दावा शेर्पा आजभोलि किनमेलका लागि सदरमुकाम पुग्न छाडिसक्नुभयो । अहिले उहाँकै घरआँगनमा सडक पुगेको छ । दैनिक उपभोग्य वस्तु गाडीले आँगनमै पु¥याइदिन्छ ।

गत वर्षसम्म गाडी चढ्न र दैनिक आवश्यकताका सामग्री लिन सिरिजङ्गा गाउँपालिका–६ मामाखे गाउँका मानिस खाम्देम्बेसम्म एकदिनसम्म पैदल हिँडेर पुग्नुपथ्र्यो । गत हप्तादेखि मामाङ्खे गाउँमा सडक पुगेको छ । लामो समयपछि मामाङ्खे गाउँमा सडक पुग्दा गाउँबासी खुशी भएको सिरिजङ्गा–६ का वडाध्यक्ष सुखराज लिम्बूले बताउनुभयो । सिनाम–सिरिजङ्गा गाउँपालिका केन्द्र तेल्लोक हुँदै विश्वको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासम्म सडक पु¥याउने प्रदेश नं १ सरकारले परिकल्पना गरेको छ । त्यसैले सिनाम–सिरिजङ्गा गाउँपालिका केन्द्र तेल्लोक हुँदै नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा सडकखण्डका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले रु एक करोड दश लाख बजेट विनियोजन गरेको र काम भइरहेको वडाध्यक्ष सुखराजले बताउनुभयो ।

गत हप्ता सिरिजङ्गा–६ मामाङ्खे गाउँ सडक सञ्जालले जोडिएसँगै ताप्लेजुङका सबै वडामा सडक पुगेको छ । साठी वडामा अगाडि नै सडक सञ्जालले जोडिएको थियो । गत हप्ता मात्र सिरिजङ्गा –६ वडाको सिमानामा सडक प्रवेश गरेपछि जिल्लाका सबै वडामा सडक पुगेको हो । यसरी तीन तहका सरकारका सक्रियतामा दुर्गम र सहरी क्षेत्र सडक सञ्जालले जोडिँदै गएका छन् । ताप्लेजुङका गाउँगाउँ सडक सञ्जालमा जोडिएसँगै विस्तारै सुगममा रुपान्तरण हुँदै गएका छन् । मुलुक सङ्घीय संरचनामा गएपछि स्थानीय, प्रदेश र केन्द्र सरकारको निर्वाचन भएको आगामी असारमा पाँचवर्षे कार्यकाल सकिँदै छ । 

ताप्लेजुङका नौ स्थानीय तहमा कुल ६१ वडा छन् । अहिले सबै वडा सडक सञ्जालले प्रत्यक्ष जोडिएको छ । मिक्वाखोला– ५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सिमानामा सडक प्रवेश गरेको छ । मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु लामाले वडा कार्यालयसम्म पुग्न केही समय लाग्ने भए पनि आफ्नो वडा सडकले जोडिएको बताउनुभयो ।

स्थानीय तहले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिकता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो । जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दिनचर्यामा सहजता आएको छ । जिल्लाका सबै वडामा सडक पुगेसँगै गाउँगाउँमा गाडीका लागि टिकट काउन्टर खुलेको छ । सदरमुकामदेखि विभिन्न गाउँगाउँमा दैनिक सार्वजनिक ट्याक्सी लाग्ने गरेको छ । कच्ची र साँगुरो बाटो भएकाले ठूलो सीटका बस भने जान सकिरहेका छैनन् । 

आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ । मेरिङ्देन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै बिर्तामोड–दमक– विराटनगर बस सेवा सञ्चालन भइरहेको छ । सिरिजङ्घा गाउँपालिकाको खाम्देम्बे बजारदेखि विगतदेखि नै बिर्तामोड–दमक–विराटनगर बस सेवा सञ्चालन भइरहेको छ । सिदिङ्वा गाउँपालिका केन्द्रदेखि पनि अन्य जिल्लामा यातायात सेवा सञ्चालन भइरहेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले जिल्लामा १७६ योजना छनोटमा पारेकामा २० सडक आयोजना थिए । प्रदेशकै गौरवको आयोजनाअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिका हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने पर्यटकीय सडक आयोजना निर्माण भइरहेको छ । सो सडक आहिले सिरिजङ्गा–६ मामाखे गाउँमा निर्माणाधीन छ ।

क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो गाउँपालिका फक्ताङ्लुङ– ७ ओलाङ्चुङ्गोला मित्र राष्ट्र चीनसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ । ओलाङ्चुङ्गोलादेखि २४ किलोमिटर तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ । उता सुनसरीको चतरादेखि राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर सडक चीनसँग जोडिन २ किमी मात्र बाँकी रहेको उत्तर–दक्षिण राजमार्गको कार्यालय ताप्लेजुङका सूचना अधिकारी माधव पौडेलले बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर अहिले चीनको सीमावर्ती क्षेत्रमा प्रवेश गरेको छ । चीन र भारतलाई जोड्ने कोरिडोरअन्तर्गत नेपालको अन्तिम बस्ती तथा चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङ्चुङ्गोला क्षेत्रमा काम भइरहेको छ । कोरिडोरको अन्तिम साधारण मार्ग खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्ने एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताउनुभयो । तमोर नदी पार गरेर नदीको किनार हुँदै चीन रिउ बजारसँंग कोरिडोरले जोडिने छ । 

चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङ्चुङ्गोला हुँदै गैरीपाटीसम्म ३५ किमी लम्बाइ ट्रयाक चीनको निर्माण कम्पनीले दुई वर्ष अगाडि नै खोलिसकेको छ । सुनसरी जिल्लाको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर हुँदै ताप्लेजुङ जिल्लाको फक्ताङलुङ–७ ओलाङ्चुङ्गोलाका सुकेपानी र मगावाबीचमा अहिले काम भइरहेको छ । अहिले काम भइरहेको ठाउँदेखि गैरीपाटी पुग्न दुई किमी रहेको आयोजनाका सूचना अधिकारी पौडेलले बताउनुभयो ।

कोरिडोरले भारतको जोगबनीदेखि प्रदेशको राजधानी विराटनगर हुँदै भारत र चीनसँग प्रत्यक्ष सडक सञ्चालनले जोड्ने सूचना अधिकारी पौडेलले बताउनुभयो । चतारादेखि ओलाङ्चुङ्गोलासम्ममा २३० किमी पर्छ । ओलाङ्चुङ्गोलादेखि टिप्ताला नाकासम्म २४ किमी पर्छ । तमोर कोरिडोरको जम्मा २५४ किमी पर्छ । यसमा २५४ किमीमा चोतारादेखि टिप्पताला नाकासम्म पर्छ । प्रदेश नं १ को राजधानी विराटनगरको नाका भारतको जोगबनीदेखि ६० किमीमा चतरा पर्छ । तीन सय १४ किमीले भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने आयोजनाको कार्यालय ताप्लेजुङले जनाएको छ ।

ओलाङ्चुङगोला हुँदै चीन जोड्ने तमोर कोरिडोरको ट्रयाक निर्माण अन्तिम चरणमा पुगेको छ । धनकुटाको मूलघाटबाट खन्न शुरु गरिएको सो सडकको अहिले ताप्लेजुङ हुँदै नेपाल ¬–चीन सिमाना ओलाङ्चुङ्गोलासम्ममा काम भइरहेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताउनुभयो । 

तीन ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट तमोर कोरिडोर निर्माण अघि बढाइएको थियो । सबै ब्लकमा पहिलो काम ट्रयाक खुलाइएको थियो । अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको ओलाङ्चुङ्गोलाको सुकेपानीदेखि गैरीपाटीसम्मको दुई किमी काम मात्र बाँकी रहेको पौडेलले बताउनुभयो । करीब १८० किमी लम्बाइको सो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ देखि पाँचथरको लुबुघाट–माझीटार –ताप्लेजुङ छिचोलेर ओलाङ्चुङ्गोला हँुदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्ने छ । सो सडकखण्डमा विभिन्न आकारका १० पुल निर्माण हुने क्रममा रहेको आयोजनाले जनाएको छ । 

विसं २०६५ मा तमोर कोरिडोर निर्माण शुरु भएको थियो । त्यतिखेर सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । विसं २०६७ मा सो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषणा गरी निर्माण अघि बढाइएको छ । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । सो सडक निर्माण गर्न अहिलेसम्म रु ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । सो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगबनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ । 

तमोर कोरिडोरले प्रदेश नं १ को समृद्धिको ढोका खोल्ने सञ्चारकर्मी वसन्त लिम्बूले बताउनुभयो । अहिले पाँचथरको जोरसालदेखि धनकुटाको मूलघाट हुँदै प्रदेशको पर्यटकीय क्षेत्र भेडेटार, धरान, प्रदेश राजधानी विराटनगर हुँदै नेपाल र भारतको नाका जोगबनीसम्म दैनिक यातायात सञ्चालन हँुदै आएको छ । रमणीय दृश्यावलोकन गर्नका साथै छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुको रोजाइमा तमोर कोरिडोर पर्दै गएको लिम्बूले बताउनुभयो ।

पाँचथरको माझीटारदेखि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—३ थिबा खोलासम्म ६० किमी ग्राभेलका लागि ठेक्का सम्झौता भइसकेको आयोजनाले जनाएको छ । ग्राभेल हुनेबित्तिकै ताप्लेजुङका समुदायलाई राहत मिल्ने छ । साथै ताप्लेजुङ जिल्लाको पर्यटन विकास र प्रवद्र्धनमा फड्को मार्ने ताप्लेजुङ जिल्लाबासीले विश्वास लिएका छन् । 

विगतका दिनमा यातायात नहुँदा जनतालाई विशेषतः बिरामी हुँदा समयमै अस्पतालसम्म पु¥याउन समस्या झेल्नु थियो । गाउँमा सडक नपुग्दा डोकामा बोकी दुई÷चार दिन पैदल हिँडेर अस्पतालसम्म पुग्नुपर्ने समस्या थियो । समयमै अस्पताल पु¥याउन नस्कदा गाउँबासी धेरैले ज्यानसमेत गुमाउने परेको फुङ्लिङ नगरपालिका– ११ का टेकबहादुर विष्टले बताउनुभयो । विगतमा आवश्यक खाद्य सामग्री ढुवानी गर्न धेरै समस्या थियो । अहिले भन विस्तारै गाउँगाउँमा सडक सञ्जालले जोडिएसंँगै सहजता भएको विष्टले बताउनुभयो । गाउँगाउँमा सडक पुगेसंँगै आठ स्थानीय तहले आफ्नो गाउँपालिकाभित्रका समुदायलाई एम्बुलेन्स सेवासमेत दिँदै आएका छन् । (रासस, दिलकुमार लिम्बू)