४ आश्विन २०८१, शुक्रबार
,
Latest
मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती सात प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छः उपेन्द्र यादव प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य



file
अ+ अ-

झापा । जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् ।

कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन् । यहाँका स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा छन् ।

हात्तीले पक्की घरभन्दा टिनको छानो र टाटीले बेरेको घरलाई बढी निशाना बनाउने गरेको छ । हात्तीले घर भत्काउनुका साथै दुःख गरेर वर्षभरि खानाका लागि भण्डारण गरेको धान, चामल, मकै खाने, छरिदिने हात्ती पीडितको गुनासो छ ।

कचनकवल गाउँपालिका–३ का ईश्वरसिंह राजवंशी, फाकताल राजवंशी, देवलाल राजवंशीको टिनको छानो भएको घर भत्काएर एकै दिन भण्डारण गरेको अन्नसमेत खाएको थियो । स्थानीय दुर्गाभिट्टा सामुदायिक वनमा दिनभर बस्ने हात्तीले मध्यरातमा गाउँ पसेर घर भत्काइदिँदा उनीहरु सङ्कटमा परेका छन् । “अन्न त खायो, तर घर नै भत्काइदिएपछि अब कहाँ बस्ने”, स्थानीय देवलाल राजवंशीले भन्नुभयो, “शीतलहर चलेको छ, तत्काल बनाउने पैसासमेत छैन ।”

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको २०८०र०८१ को साउनदेखि पुस मसान्तसम्ममा जङ्गली जनावरबाट रु ४८ लाख ५० हजार छ सय ४० बराबरको भौतिक क्षति भएको छ । कार्यालयले सो अवधिमा जङ्गली जनावरले जिल्लाका ७२ स्थानमा ५९ घर, दुई गोठ भत्काएको बताउनुभयो । हात्तीले घर भत्काएमा सरकारले रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । रासस