७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले गृहमन्त्रीसहित छ जना नेताहरुलाई कारबाही गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (माओबादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने गृहमन्त्रीसहित छ जना नेताहरुलाई कारबाही गर्ने भएको छ । जारि केन्द्रीय कमिटी बैठकले पार्टी अनुशासन उल्लंघन गर्ने गृहमन्त्रीसहित छ जना नेताहरुलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो । गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

बैठकले पार्टीको नाम फेर्ने प्रस्ताव पनि प्रस्तव गरिएको छ । प्रस्तावित पार्टीको नेपाल कम्युनिष्ट पार्टी राख्ने प्रस्ताव गरेपनि उक्त नाम निवार्चन आयोगमा पहिलेदेखी नै दताए भएको छ ।