११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले गृहमन्त्रीसहित छ जना नेताहरुलाई कारबाही गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (माओबादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने गृहमन्त्रीसहित छ जना नेताहरुलाई कारबाही गर्ने भएको छ । जारि केन्द्रीय कमिटी बैठकले पार्टी अनुशासन उल्लंघन गर्ने गृहमन्त्रीसहित छ जना नेताहरुलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरुलाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो । गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो भने मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिएको थियो ।

बैठकले पार्टीको नाम फेर्ने प्रस्ताव पनि प्रस्तव गरिएको छ । प्रस्तावित पार्टीको नेपाल कम्युनिष्ट पार्टी राख्ने प्रस्ताव गरेपनि उक्त नाम निवार्चन आयोगमा पहिलेदेखी नै दताए भएको छ ।