६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षेत्रपाटीबाट अवैध दुई करोड रुपैयाँसहित तीन जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको २ करोड रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु रहेका राजश्व अनुसन्धान विभागले जनाएको छ ।

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको बताईएको छ ।

पक्राउ परेकाहरुविरुद्ध म्याद लिई थप अनुसन्धान गरिने महानिर्देशक ढुंगानाले बताए ।