२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग

भोलि बस्ने गरी सकियो माओवादी केन्द्रीय समिति बैठक

भोलि बस्ने गरी सकियो माओवादी केन्द्रीय समिति बैठक
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । 

आइतबार पेरिसडाडास्थित केन्द्रीय कार्यालयमा बसेको नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले नेकपा(माओवादी केन्द्र) बाट मन्त्री भएकाहरुलाई मन्त्री पद त्याग गरि सरकारबाट फिर्ता हुन केन्द्रीय कार्यालय बैठकले गरेको निर्णयलाई नै सदर गर्दै फिर्ता हुन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले नेकपा(माओवादी) केन्द्र छाडेका नेताहरुलाई पार्टी परित्याग गरेको हो÷हाईन स्पष्टिकरण दिन पनि भनेको छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो –‘हिजो हाम्रो पार्टीको केन्द्रीय कार्यालयले प्रस्ताव गरे अनुसार आजको केन्द्रीय कमिटीको बैठकले हाम्रो पार्टीको तर्फबाट अहिलेसम्म पनि मन्त्री पदमै रहनुभएका कमरेडहरुलाई मन्त्री पद त्याग गरेर सरकारबाट फिर्ता हुने कुरालाई केन्द्रीय कमिटीले पनि औपचारिक रुपमा निर्णय गरेको छ । त्यसैगरी हिजैको केन्द्रीय कार्यालयको प्रस्ताव अनुसार हाम्रो पार्टीका कतिपय केन्द्रीय कमिटी र विभिन्न कमिटीका सदस्यहरु अर्को पार्टीमा रहनुभएको सार्वजनिक रुपमा सुचना प्राप्त भएको छ । त्यस आधारमा हाम्रो माओवादी केन्द्र परित्याग गरेको हो होइन , र आफ्नो पार्टी कुन हो सुसुचित गर्नको निम्ति र आफ्नो स्थिति स्पष्ट गर्नका निम्ति स्पष्टिकरण माग्ने कार्यालयको प्रस्तावलाई पनि आजको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

बैठकमा अध्यक्ष दाहालले वर्तमान राजनीतिक परिस्थिति र आगामी दिनको कार्यभारको सम्बन्धमा रिर्पोटिङ गर्नुका साथै नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको मर्म माथि कसरी प्रहार भयो र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा मन्तव्य रिर्पोटिङ गर्नुभएको थियो । प्रवक्ता श्रेष्ठले भन्नुभयो –‘अध्यक्ष कमरेड प्रचण्डले संक्षिप्तमा अहिलेको वर्तमान राजनीतिक परिस्थिती, कम्युनिष्ट पार्टीमाथि भएको आक्रमणको स्थिति, हाम्रो पार्टीका सामु देखा परेका चुनौति, र नेपाली कम्युनिष्ट आन्दोलनको सम्बन्धमा देखा परेको चुनौती र भावि हाम्रो कार्यभार बारेमा संक्षिप्तमा रिर्पोटिङ गर्नुभयो र दिशानिर्देशित गर्नुभयो । त्यसपछि केन्द्रकै तर्फबाट रिर्पोटिङ गर्ने क्रममा पार्टीको केन्द्रको तर्फबाट रिर्पोटिङ नारायणकाजी श्रेष्ठ, मैले पनि गरें । हाम्रो पार्टी एकताको उदेश्य, औचित्य र मर्म के थियो, पार्टी एकताको उदेश्य र मर्म माथि कसरी प्रहार भयो ? त्यसपछि पार्टी माथि र नेपालको अग्रगामी परिवर्तनमाथि कसरी आक्रमण भयो ? र हामीले अहिले पुनः नेपालको राजनीतिलाई ऐतिहासिक उपलब्धिको रक्षा गर्दै अगाडी बढ्ने दिशातिर र पार्टीलाई पुनः क्रान्तिकारी पार्टी निर्माणको दिशातिर अगाडी बढ्ने कार्यभारको बारेमा चर्चा गर्ने काम गरियो ।’

बैठकमा पार्टी संगठनको अवस्थाको सम्बन्धमा १ नम्बर प्रदेशबाट सहइन्चार्ज माया प्रसाद काफ्ले, २ नम्बरबाट सह इन्चार्ज विश्वनाथ शाह, बागमती प्रदेशबाट अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशबाट अध्यक्ष हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट अध्यक्ष ओनसरी घर्ति, कर्णाली प्रदेशबाट सचिव मायाप्रसाद काफ्ले, सुदुरपश्चिम प्रदेशबाट सचिव नेपबहादुर चौधरीले रिपोर्टिङ गर्नुभएको थियो भने उपत्यका विशेष कमिटीको तर्फबाट ईन्चार्ज लिलामणी पोखरेल, प्रदेश सम्पर्क समन्वय कमिटीको तर्फबाट अध्यक्ष प्रल्हाद बुढाथोकी र प्रवास समन्वय कमिटीको तर्फबाट अध्यक्ष युवराज चौलागाइले रिर्पोटिङ गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । सोमबारको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले वर्तमान सन्दर्भमा आफ्नो विचार राख्ने, संगठनात्मक काम, पार्टीको विधान परिमार्जन र पार्टीको अनुशासन, पाँचौ राष्ट्रिय भेला गर्ने लगायतका कार्यसुचीमा रहेको विषयमा छलफल गरिने उहाँको भनाई छ ।