२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बृहत्तर लुम्बिनी क्षेत्रको विकासमा सहकार्य गर्न चिनियाँ पक्षसँग आग्रह



अ+ अ-

लुम्बिनी : लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच वृहत्तर लुम्बिनी क्षेत्रका विषयमा छलफल भएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा उपाध्यक्ष डा लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकासमा सहकार्यका लागि चिनियाँ पक्षसँग आग्रह पनि गर्नुभयो । उहाँको आग्रहमा राजदू सोङले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो ।

सो अवसरमा जापानीज वास्तुविद् केञ्जे टाङ्गेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवद्र्धनका सहकार्यका विषयमा पनि छलफल भएको कोषका उपाध्यक्ष डा लामाले बताउनुभयो ।

चिनियाँ राजदूत सोङले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले पूर्णता दिने तयारीमा जुटेको जानकारी गराउनुभएको थियो । लुम्बिनीको गुरूयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरूयोजना बनाउने योजनामा रहेको समेत उहाँको भनाइ थियो ।

भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य, श्याम रोक्काको पनि उपस्थिति  थियो ।

यसैबीच चिनियाँ नयाँ वर्षको अवसरमा आजै चिनियाँ विहारमा प्रसाद वितरण कार्यक्रम गरिएको छ । त्यस अवसरमा उपाध्यक्ष डा लामाले हजारौँ चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आफूहरु आतुर रहेको बताउनुभयो ।

राजदूत र भिक्षु गुरुलाई धन्यवाद दिँदै उपाध्यक्ष लामाले भन्नुभयो, “प्रत्येक महिना हजारौं चिनियाँलाई लुम्बिनीमा स्वागत गर्न पाउने दिनको पखाईमा छौँ ।” उहाँले आजकै दिन सुजाताले भगवान बुद्धलाई खिर खान दिएर ज्ञान प्राप्त गरेको बताउँदै यहि दिन खिर बाँड्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

चिनियाँ राजदुत सोङले एक हजार पाँच सय वर्षअघि चिनियाँ यात्रीले गरेको पैदल यात्रा र त्यही यात्रा वृतान्तले लुम्बिनी पत्ता लगाउन सहयोग गरेको स्मरण गर्दै बुद्धजन्मस्थल जस्तो पवित्र स्थलमा आएर प्रसाद वितरणमा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको बताउनुभयो । उहाँले विश्वमा अशान्ति भइरहेकाले बुद्धको शान्ति र अहिंसाको सन्देश सबैले ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङले बुद्धले सुजाता खिर खाएर ज्ञान प्राप्त गरेको दिनमा लुम्बिनीमा आएर प्रसाद वितरणमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उपाध्यक्ष सुङ चिनियाँ नयाँ वर्षको सन्दर्भमा भिक्षुभिक्षुणी र तीर्थयात्रीहरुको टोली लिएर लुम्बिनी आउनुभएको हो । प्रसाद वितरणमा बौद्ध विश्व विद्यालय, विभिन्न विद्यालय र स्थानीयहरु गरी करिव चार सयजनालाई प्रसाद वितरण गरिएको थियो ।रासस