४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सम्पन्न, ग्रेट हिमालयनले जित्यो उपाधि

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सम्पन्न, ग्रेट हिमालयनले जित्यो उपाधि
अ+ अ-

काठमाडौंः नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आयोजित छैटौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

दश दिने उक्त प्रतियोगितामा १२ वटा क्रिकेट क्लबको सहभागिता थियो ।  

ग्रट हिमालयन क्रिकेट क्लबले प्रतियोगिताको उपाधि जितेको थियो भने एन्जेल्स क्रिकेट क्लब दोस्रो भयो । प्रतियोगितामा विजयी टिमलाई युवा तथा खेलकूद सचिव केदार न्यौपानेले पुरस्कार एवं ट्रफी प्रदान गर्नु भएको थियो ।

पुरस्कार वितरण समारोहमा विशेष अतिथिका रुपमा नेपालको अन्तर्राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल उपस्थित हुनुहुन्थ्यो ।

समारोहमा सम्बोधन गर्दै सचिव न्यौपानेले पाकिस्तानी राजदूतावासले खेल मार्फत नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ र सुमधुर बनाउन गरेको प्रयास स्मरणीय रहेको बताउनुभयो ।

नेपालस्थित पाकिस्तानी राजदूत सइद हैदरले दुई देशका युवालाई एकै ठाउँमा ल्याउने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खेलकुद जस्ता कार्यक्रमले जनस्तरको सम्बन्धलाई थप मजबूत बनाउन सघाउने बताउनुभयो ।