२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग

साताको पहिलो दिन आइतबार नेप्से ५१.२३ अंकले ओरालो,  हिमालयन पावरको शेयर मूल्यमा सर्वाधिक गिरावट

साताको पहिलो दिन आइतबार नेप्से ५१.२३ अंकले ओरालो,  हिमालयन पावरको शेयर मूल्यमा सर्वाधिक गिरावट
अ अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २.०८ प्रतिशतले घटेको छ । यस दिन शेयर बजार ५१.२३ अंकले घट्दा २ हजार ४०७.२५ विन्दुमा झरेको हो । 

आइतबार २ सय ११ वटा कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता शेयरको ६० हजार ९७३ पटकमा रू. ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक २.५४ प्रतिशत र होटल एण्ड टुरिजम समूहको परिसूचक २.५४ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक भने घटेको छ ।

सबैभन्दा बढी चन्द्रागिरी हिल्स कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८८४ पुगेको छ । त्यसैगरी दोस्रोमा अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्य ९.८५ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ९.७२, पञ्चकन्या माई हाइड्रोपावरको ९.७४ प्रतिशत र रैराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.०४ प्रतिशतले वृद्धि भएको हो । 

सर्वाधिक कारोबार गर्नेमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको आइतबार रू. ४४ करोड ५६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६४७ पुगेको छ । त्यसैगरी दोस्रोमा नेपाल इन्फ्रास्टक्चर बैंकको रू. २७ करोड ५६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

आइतबार सबैभन्दा बढी हिमालयन पावर पार्टनर कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.८६ प्रतिशतले कमि आएको हो । दोस्रोमा नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्य ७.९५ प्रतिशत, नेपाल टेलिकमको शेयर मूल्य ६.५६ प्रतिशतले कमि आएको छ । पछिल्लो समय कारोबार र सूचक दुबै घट्न थालेको छ । दुबै घट्न थालेसँगै लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको थाहा पाउन सकिन्छ । सोही कारण पनि कारोबार रकम घटेको हुन सक्ने बजार विश्लेषकहरुले अनुमान गरेका छन् । 

बजारमा शेयरको माग कम भएको तथा विक्री चाप बढेकाले बजार घट्न दबाब पुगेको कतिपय लगानीकर्ताहरुको भनाइ छ । लगानीकर्ताहरुका अनुसार केहि समय अगाडि २ हजार ६०० भन्दा माथि पुगेको बजारमा प्रोफिट बुक गर्नेतर्फ कतिपय लागेकाले पनि नेप्से घट्न पुगेको हो ।