१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन आइतबार नेप्से ५१.२३ अंकले ओरालो,  हिमालयन पावरको शेयर मूल्यमा सर्वाधिक गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २.०८ प्रतिशतले घटेको छ । यस दिन शेयर बजार ५१.२३ अंकले घट्दा २ हजार ४०७.२५ विन्दुमा झरेको हो । 

आइतबार २ सय ११ वटा कम्पनीको ९९ लाख ३ हजार ७०४ कित्ता शेयरको ६० हजार ९७३ पटकमा रू. ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक २.५४ प्रतिशत र होटल एण्ड टुरिजम समूहको परिसूचक २.५४ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक भने घटेको छ ।

सबैभन्दा बढी चन्द्रागिरी हिल्स कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८८४ पुगेको छ । त्यसैगरी दोस्रोमा अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्य ९.८५ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ९.७२, पञ्चकन्या माई हाइड्रोपावरको ९.७४ प्रतिशत र रैराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.०४ प्रतिशतले वृद्धि भएको हो । 

सर्वाधिक कारोबार गर्नेमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको आइतबार रू. ४४ करोड ५६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६४७ पुगेको छ । त्यसैगरी दोस्रोमा नेपाल इन्फ्रास्टक्चर बैंकको रू. २७ करोड ५६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

आइतबार सबैभन्दा बढी हिमालयन पावर पार्टनर कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.८६ प्रतिशतले कमि आएको हो । दोस्रोमा नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्य ७.९५ प्रतिशत, नेपाल टेलिकमको शेयर मूल्य ६.५६ प्रतिशतले कमि आएको छ । पछिल्लो समय कारोबार र सूचक दुबै घट्न थालेको छ । दुबै घट्न थालेसँगै लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको थाहा पाउन सकिन्छ । सोही कारण पनि कारोबार रकम घटेको हुन सक्ने बजार विश्लेषकहरुले अनुमान गरेका छन् । 

बजारमा शेयरको माग कम भएको तथा विक्री चाप बढेकाले बजार घट्न दबाब पुगेको कतिपय लगानीकर्ताहरुको भनाइ छ । लगानीकर्ताहरुका अनुसार केहि समय अगाडि २ हजार ६०० भन्दा माथि पुगेको बजारमा प्रोफिट बुक गर्नेतर्फ कतिपय लागेकाले पनि नेप्से घट्न पुगेको हो ।