२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनको सामाजिक, आर्थिक, प्राविधिक पक्ष अध्ययन गर्दै विज्ञ समूह



अ+ अ-

काठमाडौँ । घरेलु फोहोरको दिगो समाधानका लागि काठमाडौँ महानगरपालिकाले विज्ञ समूहबाट सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन थालनी गर्ने भएको छ । यसका लागि भारतको इन्दोरबाट विज्ञ समूह काठमाडौँ आएको छ ।

८ बर्षको अवधिमा इन्दोरले घरेलु फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गरेको छ । यसकारण भारतको सफा सहरका रुपमा परिचित भएको छ । त्यस नगरले गरेका काम काठमाडौँसँगको सान्दर्भिकता हामीले अध्ययन गराउन चाहेका हौँ ।  महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्नुहुन्छ, ‘विज्ञको टोली १ महिना काठमाडौँमै बसेर फोहोरको उत्पादन, प्रकृति, वर्गीकरण, संकलन, ढुवानी र अन्तिम व्यवस्थापनलाई विभिन्न कोणबाट अध्ययन गरेर ढाँचा शिफारिस गर्नेछन् ।’

अध्ययनका लागि बुधबार आउनु भएका इन्दोर नगर, घरेलु फोहोर व्यवस्थापन विभाग (सोलिड वेस्ट म्यानेजमेन्ट डिपार्टमेन्ट) का सूचना, शिक्षा र सञ्चार विज्ञ (आइईसी एक्पर्ट) अमित चौहानले, सफाइका लागि सहरबासीको सचेतना र सहभागिता आवश्यक हुने बताउनुभयो । यसले फोहोर वर्गीकरणमा सघाउ पुग्छ । स्रोतमा फोहोर वर्गीकरण भयो भने व्यवस्थापनको काम सहज हुन्छ । उहाँको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाले अहिले फोहोर संकलन, ढुवानी र ल्याण्डफिल साइटमा अन्तिम व्यवस्थापनको काम गरिरहेको छ ।

वातावरण व्यवस्थापन विभागका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार वडा नं. १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडामा महानगरपालिकाले मात्र फोहोर संकलन गर्छ । यस्तै राजमार्ग, पार्क, मठमन्दिर तथा सार्वजनिक स्थलको सफाइ महानगरपालिकाका कर्मचारीले गर्ने गरेको छन् । यसबाट दैनिक करिब २४० मेट्रिक टन फोहोर महानगरपालिकाले ल्याण्डफिल साइटमा पुर्‍याउने गरेको छ ।

अन्य वडाहरुमा निजी क्षेत्रले फोहोर संकलन गरेर करिब ५ सय मेट्रिक टन फोहोर साइटमा पुर्‍याउँछन् । उपत्यकासहित नुवाकोट र धादिङ्का पालिकासहित ल्याण्डफिल साइटमा दैनिक १ हजार ६ सय मेट्रिक टन फोहोर लैजाने गरिएको छ ।