• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन गर्न संसदीय समिति भोलि बन्ने, सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने… ★   कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै ★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन्

त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै



त्रिभुवन विश्वविद्यालय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्र्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

यही माघ १५ गतेदेखि विद्यार्थीले ट्रान्सक्रिष्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्नेजस्ता काम अनलाइनबाट गर्न थालिएको नियन्त्रक जोशीले बताउनुभयो । “अब विद्यार्थीले कुनै पनि शैक्षिक प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत फाराम भरेर शुल्क पनि इ–पेमेन्टबाट तिर्न सक्छन्”, उहाँले भन्नुभयो, “हामीले सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा विद्यार्थीका शैक्षिक प्रमाणपत्र एक हप्ताभित्र पठाउने गर्दछौँ ।”

नियन्त्रक जोशीका अनुसार अहिले शैक्षिक प्रमाणपत्र क्षेत्रीय कार्यालयमा पठाउने र वैशाखदेखि विद्यार्थी पढेको क्याम्पसमा नै पाँच दिनमा पाउने गरी पठाइनेछ । पनिकामा दैनिक एक हजारदेखि दुई हजार विद्यार्थी शैक्षिक प्रमाणपत्रका लागि आउने गरेको उहाँको भनाइ छ । विद्यार्थीले पनिकाको वेबसाइट www.tuexam.edu.np मा गएर अनलाइन फाराम भर्न सक्छन् ।

यही माघ १५ गतेदेखि अनलाइन सेवा सञ्चालन गर्न कर्मचारीलाई तालिम दिई तयार पारिनेछ । विराटनगर, पोखरा, नेपालगञ्ज र अत्तरियामा त्रिविका क्षेत्रीय कार्यालय छन् । रासस