२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रैथाने बालीलाई बढी उत्पादनशील बनाउन आवश्यक: मन्त्री भुसाल



file photo
अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रैथाने बालीलाई बढी उत्पादनील बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रैथाने बाली र पशुपंक्षीहरुको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले रैथाने बालीहरुको संरक्षण गर्न नसके निश्चित क्षेत्रमा राखेर संरक्षण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले उत्पादन बढी गर्ने बीउको प्रयोग गर्न नसके खाद्यान्न संकट निम्तिने बताउनु भयो । उहाँले खाद्य संकट र रैथाने बालीको संकटको समाधान गर्नुपर्ने बेला आइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वातावरणीय परिवर्तनसँगै धेरै खालका जीवजन्तु र वनस्पतिहरुको जीवनलिला समाप्त भएको छ । अहिले पनि हाम्रो जलवायु परिवर्तन त व्यापक रुपमा हुँदै गइरहेको छ । यस्तो परिस्थितिमा सबै बाँच्छन् भन्न सकिँदैन । भुगोलमा वस्तुगत अस्तित्वमा । तर कम से कम लिपिवद्ध गरेर राख्ने हो भने त्यो लेखनमा त बाँच्छ नि । हामीले जैविक विविधताको चर्चा गरिरहेका छौँ । एकातर्फ हामीले रैथाने बालीको संरक्षण गर्नुपर्ने छ । हाम्रा परम्परादेखि प्रयोग भएर आएका रैथाने बाली, पशुपंक्षीहरुको संरक्षण पनि गर्नुपर्ने छ ।’

‘साथै हाम्रा चुनौति उत्पादन वृद्धि गर्नुपर्नेछ । हामीले तिनै रैथाने बालीबाट हामीलाई चाहिने जति उत्पादन गर्नसक्छौँ की सक्दैनौँ ? यो एउटा गम्भीर प्रश्न हाम्रासामु छ । रैथाने बालीलाई बढी उत्पादक बनाउन सकिन्छ की सकिँदैन । यिनीहरुलाई बढी उत्पादनशील बनाउन सकियो भने त हामीले अर्को बीउ खोज्न परेन । उत्पादनमा वृद्धि गर्न नसक्ने हो भने यिनीहरुको संरक्षण निश्चित क्षेत्रमा राखेर गरौँ । उत्पादन बढी गर्न अर्को बढी उत्पादनशील बीउको प्रयोग गर्नैपर्छ । नत्र भने खाद्यान्नमा संकटमा जाँदैछौँ । एकातिर रैथाने जैविक विविधता संकटमा परे भन्दैछौँ । अर्कोतर्फ खाद्य संकटमा परेका छौँ । खाद्य संकट र यिनीहरुको संकटको पनि समाधान गर्नुपर्नेछ ।’

मन्त्री भुसालले रासयनिक मलको प्रयोग घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।