२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग

अन्योलमा कांग्रेस—माओवादी–जसपा गठबन्धन

अन्योलमा कांग्रेस—माओवादी–जसपा गठबन्धन
अ अ+ अ-

काठमाडौं । संसद पुनःस्थापनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढ बाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन सकेको छैन । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपा खारेज गर्ने सर्वोच्चको फैसलासँगै बदलिएको राजनीतिक वातावरणकै बीच दल नयाँ सत्ता गठबन्धनको प्रयासमा जुट्दै आइरहेका हुन् । तर उनीहरूको प्रयासले सार्थकता पाउन सकेको छैन ।

संसद्को दोस्रो ठूलो दल कांग्रेस पछिल्ला दिनमा एकमतका साथ दृश्यमा देखिन थालेको छ भने तेस्रो भूमिकामा रहेको माओवादी केन्द्रसमेत वर्तमान सरकारको विकल्प खोज्ने गरी अघि बढिरहेको छ । तर संसद्मा चौथौं भूमिकामा स्थापित जनता समाजवादी पार्टीभित्र भने सरकारको विकल्प खोज्ने कि ओली नेतृत्वको सरकारलाई नै सघाएर अघि बढ्ने भन्नेमा अन्योल छ ।

अन्योलकै बीचमा कांग्रेस, माओवादी र जसपा गरी तीन दलका बीचमा नयाँ सत्ता गठबन्धन गर्न भन्दै औपचारिक छलफल र संवाद पनि जारी नै छन् । यी तीन दलबीचको छलफल र संवादले भने निर्णायक गति लिन सकिरहेका छैनन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको नेतृत्वबाट प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न र नयाँ सरकारको नेतृत्व गर्न तयार भएको छ । कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला समूह सरकारको नेतृत्वका लागि सभापति देउवालाई अघि सार्ने निर्णयसहित अघि बढेपछि देउवासमेत सरकारको नेतृत्व गर्न तयार भएका हुन् । राजधानी दैनिकमा समाचार छ ।