२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङलिस प्रिमियर लिगः आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी



अ+ अ-

लन्डनः यस सिजनको इङलिस प्रिमियर लिगको उपाधि दौडमा झिनो आशा लिएको म्यान्चेस्टर युनाइटेडले गएरातिको खेलमा वेस्टह्याम युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै म्यान्चेस्टर युनाइटेड कूल ५७ अंकका साथ लिगको दोस्रो स्थानमा कायम छ । म्यान्युले खेलमा वेस्टह्याम माथि निरन्तर दबाब राखेपनि आफैंले भने गोल गर्न सकेन । एक मात्र गोल वेस्टह्यामका क्रेग डसनको आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको ५३औं मिनेटमा डसनले गरेको आत्मघाती गोल मार्फत म्यान्चेस्टर युनाइटेडले एक गोल गर्न सफल भएको थियो । यही नै निर्णायक गोल भएको थियो ।

लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको ३० खेलबाट ७१ अंक छ, र एक खेल कम खेलेको अर्थात २९ खेल खेलेको म्यान्चेस्टर युनाइटेडको ५७ अंक छ । यी दुई बीचको अंक दूरी १४ अंक छ । तर म्यान्चेस्टर सिटीको फर्म हेर्दा यसपटकको उपाधि सिटीले जित्ने लगभग सुनिश्चित छ ।

गएरातिकै अर्को खेलमा आर्सनलले टोटेनह्याम हस्पर्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

आर्सनलका लागि मार्टिन ओडिगार्ड र अलेक्जान्डर ओकाजेटीले गोल गरेका थिए भने टोटेनह्यामका लागि एक मात्र गोल एरिक लामेलाले गरेका थिए ।

त्यस्तै, लेस्टर सिटीले पनि लिगको पुछारमा रहेको शेफिल्ड युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेर लिगको तेस्रो स्थानमा रहेको छ ।




भर्खरै