१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

शेषनारायणमा माधवनारायणका बर्तालु

शेषनारायणमा माधवनारायणका बर्तालु
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । साँखु शालिनदीस्थित माधवनारायणको एक महिने व्रत गरिरहेका बर्तालुले तीर्थयात्राका क्रममा दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा पूजा आराधना गरेका छन् । एक महिने व्रतमा बसेका बर्तालुले शेषनारायण मन्दिरमुनिको पोखरीमा स्नान गरी  शेषनारायण मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका हुन् । शेषनारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु मङ्गलबार साँझ शेषनारायण मन्दिर क्षेत्रमा आएर बास बसेका थिए । बिहान मन्दिर मुनिको पोखरीमा स्नान गरी शेषनारायणको पूजा आराधनासहित दर्शन गरेको बर्तालुसँगै रहनुभएका लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।  

शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन सकेर बर्तालुले फर्पिङ बजार परिक्रमा गरेका छन् । फर्पिङबाट बर्तालु पैदल बुङमती हुँदै शङ्खमूलमा आएर भोजन गर्ने कार्यक्रम छ । भोजन सकेर पैदलै आज बेलुका साँखु पुगेर बास बस्ने गर्छन् । आज बेलुकी साँखु पुगेसँगै बर्तालुले पहिलो चरणको तीर्थयात्रा समापन गर्छन् । एक महिने व्रतमा रहेका माधवनारायणका बर्तालुले माघ शुक्ल प्रतिपदाका दिन शेषनारायणमा स्नानसहित पूजा आराधना गर्ने प्राचीन परम्परा छ । 

माघ कृष्ण चतुर्दशीदेखि नै माधवनारायणका बर्तालुले तीर्थयात्रा शुरु गरेका हुन् । माघ कृष्ण चतुर्दशीका दिन सोमबार बिहान साँखुबाट बज्रयोगिनी माईको दर्शन गरी साँखुमा आएर बर्तालुले भोजन गरेका थिए । भोजनपछि पैदल हिँडेर बर्तालु सोमबार बेलुकी पशुपति क्षेत्रमा आइपुगेका थिए । कोरोनाको तेस्रो लहर फैलिरहेकाले पशुपतिनाथमा स्वास्थ्य मापदण्ड पूरा गरेर माधवनारायणको व्रत विधि पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर माधवनारायणका बर्तालुको दर्शन विधि पूरा गर्न भने खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । प्रत्येक वर्ष माघ कृष्ण औँसीमा हुने पर्व पूजा भएकाले स्वास्थ्य मापदण्ड पूरा गरी माधव नारायणका बर्तालुलाई पशुपतिनाथ मूल मन्दिरमा दर्शन गराइएको थियो । 

 माधव नारायणको व्रत बसेका बर्तालुले दोस्रो चरणको तीर्थ यात्रा माघ २१ गतेदेखि गर्नेछन् । २१ गते साँखुबाट पनौती गएर बास बस्ने छन् । माघ २२ गते बिहान त्रिवेणीघाटमा स्नान गरी त्यहाँको इन्द्रेश्वरलगायत मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम रहको छ । २२ गते दिउँसोको भोजन बनेपामा गरी साँखु आएर बास बस्ने समितिले जनाएको छ । पनौतीबाट साँखु फर्केपछि दोस्रो चरणको तीर्थ यात्रा समापन हुन्छ ।

 तेस्रो चरणको तीर्थ यात्राका लागि बर्तालु माघ शुक्ल एकादशीका दिन चाँगुनारायण मन्दिर जान्छन् । द्वादशीका दिन बिहान चाँगुनारायणमा स्नान एवं पूजा आराधना गरी साँखु फर्कने परम्परा छ । चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ । 
 माधवनारायणका बर्तालुले माघ शुक्ल सप्तमीमा साँखु बजारमा गुल्टँदै सहस्रधाराको जलबाट स्नान गर्छन् । यो सप्तमीलाई लगला सप्तमी पनि भनिन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुले शालिनदी किनारमा बसेर खिर खाने परम्परा छ ।
 पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधव नारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखु शालिनदीमा यस वर्ष १०६ जना महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् । माघ महिनामा माधव नारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ । 

 सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधव नारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधव नारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा शुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गर्छन् । समापनको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा रहेको साँखु शालिनदी क्षेत्रका सांस्कृतिक परम्पराका विषयमा खोज अनुसन्धान गरिहरहनुभएका प्रकाश श्रेष्ठ ‘सक्व’ ले राससलाई जानकारी दिनुभयो ।रासस