८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषद् बैठक: चार निकायमा नियुक्ति ,राजनीतिक दलसम्बन्धि ऐन–२०७३ संसदमा पेश गर्न स्वीकृति



अ+ अ-

काठमाडौं । सरकारले ‘राजनीतिक दलसम्बन्धि ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

बुधवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो विधेयक संघीय संसदमा पेश गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको प्रश्तावमा सो विधेयक संघीय संसदमा पेश गर्ने अनुमति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो ।

त्यसैगरी बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७६ लाई संशोधन गर्न बनेको २०८०’ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।

मन्त्री शर्माले भन्नुभयो, ‘अर्थ मन्त्रालयको प्रश्तावमा नागरिक लगानी कोषको कार्यकारी निर्देशक पद रिक्त थियो । त्यो रिक्त पदमा पर्वत कुमार कार्कीलाई नियुक्त गर्ने भनेर निर्णय भएको छ । अर्को अर्थ मन्त्रालयकै प्रश्तावमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने भन्ने पनि निर्णय भएको छ । अर्को गृह मन्त्रालयको प्रश्तावमा राजनीतिक दलसम्बन्धि ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । त्यसै गरेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको प्रश्तावमा सांस्कृतिक संस्थानको रिक्त महाप्रवन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमका किरणबाबु पुनलाई नियुक्त गर्ने भन्ने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रश्तावमा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने र स्वास्थ्य मन्त्रालयकै प्रश्तावमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्ति गर्ने भन्ने निर्णय भएको छ ।’

मन्त्रीपरिषद् बैठकले गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । त्यसैगरी नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले सांस्कृतिक संस्थानको रिक्त महाप्रवन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गरेको छ ।

न्युज एजेन्सी नेपाल