७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र माधव नेपाल बीच चार महिनापछि भेटवार्ता हुँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच आज पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुँदैछ । 

आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि एक अर्काविरुद्ध अभिव्यक्ति र निर्णय नै गर्दै आउनुभएका ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता हुन लागेको हो । प्रधानमन्त्री ओलीले नेपाललाई भेटका लागि बालुवाटार बोलाएपनि त्यहाँ जान नेपाल तयार नभएको स्रोतले जनाएको छ ।