• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च:मति बस्दैछ ।

पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिनु भयो ।  बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ ।

रास्वपाका २१ जना सांसदले नै अलपत्र विकास आयोजनाको पैदल यात्रा गर्ने र सरकारलाई ध्यानाकर्षण गराउने योजना अघि सारेको छ । सभापति रवि लामिछानेले नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडकमा पैदल यात्रा गर्नुभएको थियो ।