• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज: प्लेअफमा पुग्न राजस्थानलाई चेन्नईको चुनौती ★   ०८४ को निर्वाचनलाई उपयोग गरेर जाने हो: नेत्रविक्रम चन्द ‘विप्लव’ ★   सुनील नारायणले राखे लाजमर्दो कीर्तिमान ★   सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार? ★   किसानलाई मौरीसहितको घार अनुदानमा ★   भरतपुरमा विद्यार्थी लिन गएको स्कुल बसमा आगजनी ★   राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत ★   एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार ★   भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ: काँग्रेस

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले सो प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीररुपमा लिन निर्देशन दिनुभएको हो । रासस