३ भाद्र २०८३, बुधबार
,
Latest
‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेक रामास्वामीले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा भाग नलिने



अ+ अ-

एजेन्सी । भारतीय मूलका विवेक रामास्वामीले अमेरिकी राष्ट्रपति चुनावको उम्मेदवारी रद्द गरेका छन् । उनले अब चुनाव लड्ने छैनन् । न्युयोर्क टाइम्सका अनुसार रामास्वामी आफैले मंगलबार यो जानकारी दिएका हुन् ।

मंगलबार बिहान (नेपाली समय) उनी अमेरिकी राज्य आयोवामा रिपब्लिकन पार्टीबाट उम्मेदवारीको लागि चुनाव हारे । यसमा डोनाल्ड ट्रम्पले भारी बहुमतका साथ जित हासिल गरेका छन् । सीएनएनका अनुसार विवेक यस दौडमा चौथो स्थानमा रहे ।

राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट बाहिरिएपछि विवेक रामास्वामीले मलाई राष्ट्रपति बन्ने बाटो नरहेको भन्दै प्रचारप्रसार बन्द गरेको बताएका छन् । न्यूयोर्क टाइम्सका अनुसार विवेक रामास्वामीले भोलि अमेरिकाको न्यू ह्याम्पशायरमा ट्रम्पसँग र्‍याली गर्नेछन् ।

ट्रम्पले रामास्वामीलाई फ्रड भनेका थिए
अयोयाको चुनावमा फ्लोरिडाका गभर्नर रोन डे-सेन्टिस दोस्रो र भारतीय मूलकी निक्की हेली तेस्रो स्थानमा रहेकी छिन् । यसअघि अयोयामा मतदान सुरु भएको आधा घण्टाभित्रै मिडिया रिपोर्टमा ट्रम्पको जित घोषणा गरिएको थियो ।

अयोया राज्यमा उम्मेदवारीका लागि चुनावी अभियानका क्रममा ट्रम्पले विवेक रामास्वामीलाई कडा निशाना बनाएका थिए । ट्रम्पले विवेक रामास्वामीलाई सिधै फ्रड र ठग भनेका थिए । एक बयानमा डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई रामास्वामीलाई समर्थन नगर्न चेतावनी पनि दिएका थिए । ट्रम्पले विवेकलाई भोट गर्नु भनेको विपक्षी दललाई भोट दिनु जस्तै हुने बताएका थिए ।

३८ वर्षीय विवेक रामास्वामीको जन्म ओहायोमा भएको थियो । उनका आमाबाबु भारतबाट आएका थिए । विवेकले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । येलमा पढ्दै गर्दा अपूर्वसँग उनको भेट भयो । दुवैले सन् २०१५ मा विवाह गरेका थिए । २०१४ मा उनले आफ्नै बायोटेक कम्पनी रोइभान्ट साइन्सेस स्थापना गरे, जसले ती औषधिहरूको लागि ठूला कम्पनीहरूबाट प्याटेन्टहरू किने । रामास्वामीले २०२१ मा सीईओ पदबाट राजीनामा दिएका थिए ।