२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा

अष्ट्रेलियाका कप्तान प्याट कमिन्स ‘आईसीसी प्लेयर अफ द मन्थ’ घोषित

अष्ट्रेलियाका कप्तान प्याट कमिन्स ‘आईसीसी प्लेयर अफ द मन्थ’ घोषित
अ अ+ अ-

एजेन्सी । अस्ट्रेलियाली टोलीका कप्तान प्याट कमिन्सले भर्खरै डिसेम्बर महिनाको आईसीसी ‘प्लेयर अफ द मन्थ’ अवार्ड पाएका छन् । प्याट कमिन्सलाई पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि यो अवार्ड दिइएको हो ।

डिसेम्बर महिनामा अष्ट्रेलियाको पाकिस्तान विरुद्धको सफलतामा प्याट कमिन्सको महत्वपूर्ण भूमिका थियो । सन् २०२३ प्याट कमिन्सका लागि असाधारण रह्यो, जहाँ उनले पहिलो विश्व टेस्ट च्याम्पियनसिप जितेर टोलीलाई विश्वकपको उपाधि दिलाए ।

प्याट कमिन्सले डिसेम्बर महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थ अवार्ड जिते । प्याट कमिन्स यो अवार्ड जित्ने तेस्रो अष्ट्रेलियाका खेलाडी बने । ट्राभिस हेडले नोभेम्बर महिनामा यो अवार्ड जितेका थिए । पाकिस्तान विरुद्ध हालै खेलेको टेस्ट सिरिजमा प्याट कमिन्सले १९ विकेट लिएका थिए ।

दोस्रो टेस्टमा, उनले दुवै इनिङ्समा पाँच विकेट लिए र पाकिस्तानी ब्याट्सम्यानलाई निशाना बनाए । यो प्रदर्शनपछि उनले प्लेयर अफ द म्याचको अवार्ड पाए । साथै, उनले तेस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरे र प्लेयर अफ द सिरिजबाट सम्मानित भए ।