• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

थानकोट चित्लाङ सडकमा क्र्यास ब्यारियर राख्न सांसद बर्तौलाको पहल



काठमाडौँ । प्रतिनिधि सभामा मकवानपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद महेश कुमार बर्तौलाले थानकोट चित्लाङ सडक मर्मत, सडक दुर्घटनाको जोखिम स्थानहरुमा क्र्यास ब्यारियर तथा तारजाली राख्नका लागि पहल गर्नु भएको छ ।

मंगलबार बर्तौलाले सडक विभाग अन्तर्गत संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुन प्रसाद अर्याल तथा सडक डिभिजन कार्यालय, काठमाण्डौं प्रमुख नारायण भण्डारीलाई यसबारे निर्देशन दिनुभएको हो ।

नेकपा (एमाले)का सचेतक समेत रहनुभएका बर्तौलाले आज नै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई समेत भेटी चित्लाङ सडकको स्तरिकरण तथा दुर्घटनाको जोखिम न्युनिकरणका लागि आवस्यक व्यवस्पनमा ध्यान दिन आग्रह गर्नु भएको छ ।

गत शनिबार मात्रै काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते ६ वर्षीया स्मारिका गौतमको उपचार क्रममा बयोधा अस्पतालमा मृत्यु भएको थियो ।

काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारी तथा लाजिम्पाटका डा. महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको थियो ।

कारबाट ओर्लिनुभएकी स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम मात्र सकुशल रहनु भएको छ ।