१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

६९ औं फिल्मफेयर अवार्डः ‘एनिमल’लाई सर्वाधिक १९ नोमिनेशन



अ+ अ-

एजेन्सी । ६९ औं फिल्मफेयर अवार्ड २०२४ का लागि मनोनयनहरू घोषणा गरिएको छ । निर्देशक करण जोहर, अभिनेत्री जान्हवी कपुर र अभिनेता वरुण धवनले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन् ।

यस वर्षको सबैभन्दा ठूलो आश्चर्य यो हो कि शाहरुख खानले उत्कृष्ट अभिनेताको लागि दुईवटा मनोनयन प्राप्त गरेका छन् । एउटा फिल्म ‘जवान’ र अर्को ‘डंकी’का लागि ।

जहाँ रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ले यो वर्ष सबैभन्दा बढी १९ नोमिनेसन पाएको छ । विक्रान्त मेसी अभिनित चलचित्र ‘१२थ फेल’ले पनि केही प्रमुख विधामा मनोनयन प्राप्त गरेको छ ।

६९ औं फिल्मफेयर अवार्ड २०२४ जनवरी २८ मा गुजरातको गान्धीनगरमा गुजरात टुरिजमसँगको सहकार्यमा आयोजना गरिनेछ । यसलाई बलिउड फिल्मको सबैभन्दा ठूलो अवार्ड मानिन्छ ।

यसअघि २७ जनवरीमा प्राविधिक अवार्ड समारोह आयोजना गरिने छ जसको आयोजना आयुष्मान खुरानाले गर्नेछन् । २८ जनवरीमा हुने मुख्य कार्यक्रम आयुष्मानसँगै करण जोहर र मनिष पलले आयोजना गर्नेछन् ।