१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

एमसीसीका बारेमा सर्वदलीय सहमति गरेर संसदमा आउन सभामुख सापकोटाको आग्रह

एमसीसीका बारेमा सर्वदलीय सहमति गरेर संसदमा आउन सभामुख सापकोटाको आग्रह
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतालाई संसदबाट अविलम्ब पारित गराउन प्रतिबद्ध रहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले यसका लागि सर्वदलीय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानले सभामुखको भनाइ उद्धृत गर्दै न्यूजपोलारसँग भन्नुभयो, “एमसीसी संसद्को मात्र विषय रहेन, यो नागरिकस्तरमा पनि धेरै बहस र छलफल भएको विषय हो, दलहरुले राष्ट्रिय सहमति खोजेर मात्र संसद्मा आउनुपर्छ, एमसीसीका विषयमा सर्वदलीय सर्वपक्षीयरुपमा सहमत भएर आउनुस् । दलहरु निर्णायक हुँदा मेरो अरु केही भन्नु छैन ।”

संसद् सुचारु नहुँदा यस्ता विषयमा छलफल गर्न नसकिएको भन्दै सभामुख सापकोटाले दलहरुलाई संसद् सुचारु गर्न वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँका अनुसार एमसीसीजस्ता जस्तो विषयमा राष्ट्रिय सर्वदलीय छलफल गर्न पनि संसद् सुचारु हुनुपर्ने स्पष्ट गर्नुभयो । उहाँले मुख्य गरेर तीन कुरा– एमसीसीमा राष्ट्रिय सहमति, जनस्तरबाट उठेका प्रश्नको निरुपण र संसद्को अवरोध अन्त्य गर्नमा दलहरुलाई केन्द्रीत हुन आग्रह गर्नुभएको छ ।

पछिल्ला केही दिनयता एमसीसीबारे राजनीतिक दल, नागरिक समाजलगायतका क्षेत्र ध्रुवीकृत भइरहँदा सभामुख अग्नि सापकोटाले पनि विभिन्न पक्षसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता पारित गराउन अवरोध भए सत्ता गठबन्धन तोड्न आफू बाध्य हुने सत्ता गठबन्धनका साझेदारहरुलाई चेतावनी दिँदै नेकपा एमालेसँग वार्ता अगाडि बढाउनुभएको बताइएको छ ।  एमसीसीलाई हुबहु पारित गर्न नहुने पक्षमा रहेका सत्ता गठबन्धनका नेकपा माओवादी (केन्द्र) नेकपा (एकीकृत समाजवादी) ले सत्ता गठबन्धनमा समस्या आउने बताएका छन् ।