२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा मृत श्रीमान्‌सँगै घाइते भेटिएकी अस्मिताको पनि मृत्यु, तीनजना पक्राउ



अ+ अ-

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियामा मृत श्रीमानसँगै घाइते अवस्थामा भेटिएकी अस्मिता शर्माको पनि मृत्यु भएको छ । अस्मिताको गएराति उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको प्रहरीले बताएको छ ।

सोमबार बिहान महोत्तरी लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी पकडियास्थित गहुँ खेतमा बिहान मृत फेला परेका थिए । राधेसँगै श्रीमती अस्मिता पनि सख्त घाइते अवस्थामा फेला परेकी थिईन् ।

चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । ससुराली पकडियाबाट श्रीमती र अन्य दुई साथीसँग डेरा हिँडेका राधे सोमबार मृत भेटिएका थिए ।

घटनास्थललाई मोटरसाइकल दुर्घटना भएको जस्तो देखाईएको प्रहरीले जनाएको छ । तर, दुर्घटना भएको मोटरसाइकल घटनास्थलमा नभेटेपछि घटना शंकास्पद मानिएको छ ।

राधेसँगै अर्को मोटरसाइकलमा आइरहेका दुई युवक र दुर्घटना भएको मोटरसाइकलका धनीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले बताए ।