५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा मृत श्रीमान्‌सँगै घाइते भेटिएकी अस्मिताको पनि मृत्यु, तीनजना पक्राउ



अ+ अ-

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियामा मृत श्रीमानसँगै घाइते अवस्थामा भेटिएकी अस्मिता शर्माको पनि मृत्यु भएको छ । अस्मिताको गएराति उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको प्रहरीले बताएको छ ।

सोमबार बिहान महोत्तरी लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी पकडियास्थित गहुँ खेतमा बिहान मृत फेला परेका थिए । राधेसँगै श्रीमती अस्मिता पनि सख्त घाइते अवस्थामा फेला परेकी थिईन् ।

चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । ससुराली पकडियाबाट श्रीमती र अन्य दुई साथीसँग डेरा हिँडेका राधे सोमबार मृत भेटिएका थिए ।

घटनास्थललाई मोटरसाइकल दुर्घटना भएको जस्तो देखाईएको प्रहरीले जनाएको छ । तर, दुर्घटना भएको मोटरसाइकल घटनास्थलमा नभेटेपछि घटना शंकास्पद मानिएको छ ।

राधेसँगै अर्को मोटरसाइकलमा आइरहेका दुई युवक र दुर्घटना भएको मोटरसाइकलका धनीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले बताए ।