२९ श्रावण २०८३, शुक्रबार
,
Latest
शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा युद्धका सय दिन: संयुक्त राष्ट्र प्रमुखद्वारा युद्धविराम गर्न पुन: आह्वान



अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमवार गाजामा द्वन्द्व शुरु भएको सय दिन पुगेपछि तत्काल मानवीय युद्धविराम गर्न पुन: आह्वान गर्नुभएको छ ।

गाजामा भएका अत्याचारहरू बाहेक, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय संकटलाई जटिल बनाउँदै लगेको बताउनु भयो । उहाँले लाल सागर र त्यसभन्दा बाहिर पनि तनावहरू बढीरहेकोले भन्दै चाँडै युद्धबिराम गर्न आह्वान गर्नुभयो ।

उहाँले दैनिक युद्धले जनजीवन प्रभावित बनेको बताउनु भयो । उहाँले इजरायल र लेबनान बीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने बताउनु भयो । द्वन्द्व शुरु भएको एक सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सिमित नरहेको बताउनु भयो ।

गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही कदमहरू भएपनि जीवन बचाउने राहत मानिसहरूलाई आवश्यक परेको मात्रामा उपलब्ध हुन नसकेको बताउनु भयो । भोकमरीको लामो छायाँले गाजाका मानिसहरूलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा परेको बताउनु भयो । सहायता अभियानले गाजा भित्र वितरणमा पनि ठूलो बाधाहरू सामना गरिरहेको बताउनु भयो ।

हमासले गरेको हिंसालाई कुनैपनि कुराले न्याय दिन नसक्ने बताउनु भयो ।