• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

२५ वर्षअघि युवराजले खेलेको ऐतिहासिक इनिङ, जसलाई यी युवा ब्याट्सम्यानले तोडे



एजेन्सी । कर्नाटकका प्रखर चतुर्वेदीले सोमबार यु–१९ कुचबिहार ट्रफीको फाइनलमा मुम्बईविरुद्ध ६३६ बलमा अविजित ४०४ रन बनाएर इतिहास रचेका छन् ।

उनले युवराज सिंहको २५ वर्ष पुरानो प्रतियोगितामा उत्कृष्ट स्कोरर बन्ने कीर्तिमान समेत तोडेका छन् । पूर्व भारतीय अलराउन्डर युवराज सिंहले सन् १९९९ मा पञ्जाबबाट खेल्दै बिहारविरुद्ध ३५८ रनको इनिङ खेलेका थिए ।

महेन्द्र सिंह धोनी पनि बिहारको टोलीमा खेलेका थिए । भारतको प्रमुख अन्डर-१९ घरेलु प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत स्कोरको कीर्तिमान भने विजय जोलको नाममा छ, जसले महाराष्ट्रका लागि आसामविरुद्ध ४५१ (नटआउट) रन बनाएका थिए ।

बीसीसीआईले आफ्नो सामाजिक सञ्जाल ह्यान्डल मार्फत जानकारी दिएको छ कि चतुर्वेदीले आफ्नो ऐतिहासिक पारीमा ४६ चौका र तीन छक्का प्रहार गरेका छन् । बीसीसीआईले पोस्ट गरेको छ, ‘कर्नाटकका प्रखर चतुर्वेदी कुचबिहार ट्रफीको फाइनलमा ४०० रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । उनले मुम्बईविरुद्ध अविजित ४०४ रन बनाए । चतुर्वेदीको इनिङ्सको मद्दतले मुम्बईको ३८० रनको जवाफमा कर्नाटकले ८९०/८ रन बनायो । पहिलो इनिङ्समा कर्नाटकले अग्रता लिएपछि खेल बराबरीमा टुंगिएको थियो ।

प्रखर चतुर्वेदीले ४०० रनको आँकडा पार गरेपछि खेल समाप्त भएको घोषणा गरिएको थियो । कर्नाटकका लागि हर्षिल धामानी (१७९) ले पनि उत्कृष्ट योगदान दिए ।

प्रखर चतुर्वेदीले फाइनल खेलमा अविजित ४०४ रन बनाएर वेस्ट इन्डिजका पूर्व महान ब्याट्सम्यान ब्रायन लाराको सम्झना गराए । लाराले सन् २००५ मा इङ्ल्यान्डविरुद्ध अविजित ४०० रन बनाएका थिए । लारा अन्तर्राष्ट्रिय क्रिकेटमा ४०० रन बनाउने एकमात्र ब्याट्सम्यान हुन् । प्रखर चतुर्वेदीले लाराजस्तै अदभुत प्रदर्शन गरेकाले उनीबाट क्रिकेट फ्यानहरुको अपेक्षा बढेको छ ।