• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

नेपालका प्रशिक्षकले मेसीलाई भोट दिएनन्, अन्य क-कसलाई दिए भोट ?



काठमाडौँ । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसी फिफाको उत्कृष्ट खेलाडी २०२३ चुनिएका छन् । मेसीले फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेको यो तेस्रो पल्ट हो ।

यस फिफा ‘द वेस्ट’ अवार्डमा फिफा राष्ट्रका सदस्य देशहरूका कप्तान, प्रशिक्षक र पत्रकारले भोट गर्ने प्रावधान छ । यसै प्रावधान अनुसार विश्वभरका भोटका आधारमा मेसी ‘फिफा द वेस्ट’ प्लेयर बनेका हुन् ।

नेपालबाट भोटिङको अधिकार पाएका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले भने मेसीलाई शीर्ष तीनमा भोट दिएनन् । एनेसले पहिलो नम्बरमा अर्लिङ हालान्डलाई भोट दिँदा, दोस्रोमा खभिचा कभरात्सखेलिया र तेस्रोमा केभिन डी ब्रुएनालाई भोटिङ गरे ।

यस्तै, कप्तान किरण लिम्बुले मेसीलाई पहिलो नम्बरमा भोटिङ गर्दा केलियन एम्बाप्पेलाई दोस्रो र हालान्डलाई तेस्रो नम्बरमा राखे ।

पत्रकारको तर्फबाट गोल नेपाल डटकमा सञ्चालक विक्रम थापाले भोटिङ गरेका थिए । उनले अर्लिङ हालान्डलाई पहिलो नम्बरमा राख्दा युलियन अल्भारेजलाई दोस्रो तथा मेसीलाई तेस्रो नम्बरमा राखे ।