७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।  सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताहरुले बोलेपछि केही दिनका लागि स्थगित गरेको हो । 

बैठकमा नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने र सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठले बताए ।

अब नेताहरु पूर्व जिम्मेवारी अनुसार जिल्ला जिल्लामा जानेछन् ।