काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा त्रिशुली नदीमा बत्ती बलेको देखिएपछि गोताखोरको टोली परिचालन गरिएको छ ।
यसैबीच दुर्घटना स्थलको नदी किनारमा भारतीय गाडीको बि आर ०९ जिसि १४३० नम्बरको प्लेट र चप्पल भेटिएको छ ।
मुग्लिन प्रहरीका अनुसार मंगलबार बिहानै गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेका छन् । थप विवरण आउन बाँकी छ ।