१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

नक्कली पिसिआर रिपोर्ट बनाउने दुइ अस्पतालका कर्मचारी पक्राउ

नक्कली पिसिआर रिपोर्ट बनाउने दुइ अस्पतालका कर्मचारी पक्राउ
अ अ+ अ-

काठमाडौँ।नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका चार जना कर्मचारी तथा बिचौलियाहरू पक्राउ परेका छन् । बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पिसिआर रिपोर्ट बनाईदिने कर्मचारी तथा बिचौलिया पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाडाै तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि. का कर्मचारीहरू संलग्न रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

केही दिन यता पिसिआरको नक्कली रिपोर्ट बनाउने गरेको सूचनाको आधारमा महाशाखाले मंगलबार नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली पिसिआर परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरेको थियो । रोशनलाई लिएर जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा पुग्दा उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई फेला पारी नियन्त्रणमा लिइए थियो । 

साथै काठमाडौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारी उक्त अस्पतालको ल्याबमा पुग्दा  सोही ल्याबका कर्मचारी माधव मैनालीलाई  फेला पारी नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार, सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा.लि. बाट ‘पिसिआर टेस्ट नेगेटिभ’ भनि उल्लेख भएका ४ थान नक्कली पिसिआर परीक्षण रिपोर्ट सहित जम्मा चार जना ब्यक्तिहरुलाई पक्राउ गरिएको हो । 

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र पिसिआर परिक्षण दर्ता गरिएका रजिष्टरहरु समेत नियन्त्रणमा लिईएको महाशाखाले जनाएको छ । भने फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको महाशाखाले जनाएको छ । साथै दुबै अस्पतालका पिसिआर ल्याबहरू सिल गरि पिसिआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएका छन् । 

यस्तै, सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको अनुसन्धानले देखाएको छ । भने बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने भनि प्रति व्यक्ति १० हजार रुपैयाँ सम्म असुल गरेको भेटिएको महाशाखाले जनाएको छ ।