२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको नेपाल समूह ओलीको जलपानमा नजाने, राष्ट्रिय भेला पनि नरोक्ने



अ+ अ-

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकलौटी गरेर पार्टीबाट आफ्नो पक्षका सबै नेताहरुलाई पदीय रुपमा मुक्त गराइदिएपछि रुष्ट बनेको एमालेका तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहितको समूहले यही चैत ४ र ५ गतेका लागि आह्वन गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले एमालेमा आफ्नो तर्फबाट समानान्तर कमिटी गठन गरी सोही बमोजिम अघि बढ्ने निर्णय गर्दै हालै चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला बोलाएका छन् । 

आजैमात्र सो पक्ष र अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग छलफल गरेको थियो । सोमबार बिहान ११ बजेदेखि दुई घण्टा भन्दाबढी छलफल भए पनि ओली र नेपाल पक्षबीच कुरा मिल्न सकेको थिएन । 

सो छलफल गरेर फर्किएका नेता नेपाल समूहले राष्ट्रिय भेला नरोकिने निष्कर्ष निकालेको हो । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने नेता नेपालले बताएका छन् ।

धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो । उक्त भेलामा सहभागी एक नेताका अनुसार, ओलीसँगको छलफल निश्कर्षमा नपुगेकाले कुनै पनि नरोकिने निर्णय नेपालले सुनाएका छन् ।

यसैबीच उता प्रधानमनन्त्री ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका र नेपाल पक्षका नेताहरुलाई पनि बोलाएको बताएका छन् । तर पनि नेपाल र खनान समूहका नेताहरु भने उक्त चियापानमा नजाने बताएका छन् । 

नेपाल र खनाल समूहका नेताहरुले आफ्नो समूहका कोही पनि नेतालाइ नजान निर्देशन दिइएको एकजना नेताले जनाएका छन् । 




भर्खरै