११ श्रावण २०८३, सोमबार
,
Latest
माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने… बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनालाई सहजै हराउँदै रियलले जित्यो सुपर कपको उपाधि, भिनिसियसको ह्याट्रिक



अ+ अ-

एजेन्सी । रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई एल क्लासिकोमा ४-१ गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

साउदीको अल अवाल स्टेडियममा भएको फाइनलमा रियललाई सहज जित दिलाउन भिनिसियस जुनियरले ह्याट्रिक गरे । उनले खेलको ७, १० औं र ३९ औं (पेनाल्टी)मा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

एक गोल ६४ औं मिनेटमा रोड्रीले थपे । यता ३३ औं मिनेटमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए । खेलको ७१ औं मिनेटमा रोनाल्ड अराओले रातो कार्ड खाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

रियलको यो १३ औं उपाधि हो । बार्सिलोनाले सर्वाधिक (१४ पटक) स्पेन सुपर कपको उपाधि जितेको छ ।