• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

एसियन कपः जापानले भियतनामलाई ४-२ गोलले हरायो



काठमाडौँ । एएफसी एसियन कपमा जापानले विजयी सुरुवात गरेको छ । आइतबार साँझ कतारको अल थुमामा स्टेडियममा भएको खेलमा जापानले भियतनामलाई ४-२ गोलले पराजित गरेको हो ।

जापानको जितमा ताकुमी मिनामिनोले दुई तथा केटिओ नाकामुरा र एआसे उएडाले एक-एक गोल गरे ।

यता भिएतनामका एनगुएन डिन्ह बाकले र फाम तुआन हैले एक-एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् । समूह डी अन्तर्गत जितसँगै जापानले तीन अंक जोडेको छ ।