• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo
Latest
★   प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा ! ★   एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने ★   एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन ★   नक्कली भुटानी शरणार्थी प्रकरण: खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ ★   चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी ★   बैतडीका प्रतापलाई डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ को पुरस्कार ★   बल ह्यान्डलिङका कारण आउट भए बंगलादेशका मुस्फिकुर ★   विराटनगर आगलागी अपडेट: मृत्यु हुनेको संख्या दुई पुग्यो ★   बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा ★   बक्स अफिसमा ‘एनिमल’को धमाका: ५ सय करोड नजिक

आफ्नै भवनमा सर्दै चन्द्रागिरि नगरपालिका



काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ । यसका लागि चन्द्रागिरि– १२ स्थित गुर्जुधारामा करिव सात रोपनी जमिनमा  प्रशासकीय भवन तथा अन्य संरचना  निर्माणाधीन छन् । 

मौलिक एवं सास्कृतिक कलात्मक आँखि झ्याल संरचनाको  छ तलाको सो  भवन रु २५ करोड लागतमा सम्पन्न हुन लागेको हो । तीन रोपनीमा प्रशासनिक भवन र चार रोपनीमा बाह्य संचना बनिरहेको र  सो रकम मध्ये  जिल्ला समन्वय समिति काठमाडौँको रु १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ ।   

नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “यही माघ मसान्तभित्रमा हामी नयाँ भवन सर्दैछौ ।  भवन उद्घाटनको तयारी हुँदैछ । ” बाल, जेष्ठ नागरिक र अपाङगता मैत्री  भवनको भित्री संरचना कोठा, हल तयार गर्ने , छुट््याउने, रङ्गरोगन गर्ने तथा वाह्य संरचनामा बगैँचा बनाउने काम धमाधम जारी छ ।   समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख गिरीले विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गर्नुभएको थियो । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले  ठेक्का पाएको सो भवन  सम्झौता अनुसार विसं २०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ ।    

नयाँ भवनबाट पशु सेवा कार्यलय बाहेक अन्य सेवा  नगरबासीले एकीकृत रुपमा पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्छ ।” यस अघि सो कार्यालयको भवन रु १ करोड ५७ लाख लागतमा निर्माण सम्पन्न भइसकेको जनाइएको छ । 

भूकम्पप्रतिरोधि र अग्नि नियन्त्रक उपकरण जटित सो प्रशासनिक भवनमा करिव २०० क्षमताको  सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ ’ को रहेको निर्माण कम्पनीका प्रतिनिधि बरुण केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न   गरी  नगरपालिकालाई हस्तान्तरण गर्ने योजनामा  काम भैराखेको थियो । कोरोना महामारीका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर निर्माणलाई निरन्तरता दिँदै आएका छौँ ।  भवनको ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ । हस्तान्तरणको तयारीमा छौँ । ”

नगरपालिकाको १५ वडा मध्ये अधिकाशं वडा कार्यालयका आफ्नै भवन छन् । पछिल्ला समय वडा नं ३ र ४ वडाको नयाँ भवन निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको  ननगरप्रमुख गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नगरको भौतिक पूर्वाधार विकाससँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउने मेरो प्राथमितामा  थियो । यस कार्यमा सफलता मिलेको छ । ”काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप,नयाँ भञ्ज्याङ,वाड भञ्ज्याङ, बलम्बु,महादेवस्थान,तीनथाना,सतुंगल, मातातीर्थ,मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ तत्कालीन गाउँविकास समिति मिलाएर सो नगरपालिका बनाइएको थियो ।