१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

आफ्नै भवनमा सर्दै चन्द्रागिरि नगरपालिका

आफ्नै भवनमा सर्दै चन्द्रागिरि नगरपालिका
अ अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ । यसका लागि चन्द्रागिरि– १२ स्थित गुर्जुधारामा करिव सात रोपनी जमिनमा  प्रशासकीय भवन तथा अन्य संरचना  निर्माणाधीन छन् । 

मौलिक एवं सास्कृतिक कलात्मक आँखि झ्याल संरचनाको  छ तलाको सो  भवन रु २५ करोड लागतमा सम्पन्न हुन लागेको हो । तीन रोपनीमा प्रशासनिक भवन र चार रोपनीमा बाह्य संचना बनिरहेको र  सो रकम मध्ये  जिल्ला समन्वय समिति काठमाडौँको रु १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ ।   

नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “यही माघ मसान्तभित्रमा हामी नयाँ भवन सर्दैछौ ।  भवन उद्घाटनको तयारी हुँदैछ । ” बाल, जेष्ठ नागरिक र अपाङगता मैत्री  भवनको भित्री संरचना कोठा, हल तयार गर्ने , छुट््याउने, रङ्गरोगन गर्ने तथा वाह्य संरचनामा बगैँचा बनाउने काम धमाधम जारी छ ।   समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख गिरीले विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गर्नुभएको थियो । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले  ठेक्का पाएको सो भवन  सम्झौता अनुसार विसं २०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ ।    

नयाँ भवनबाट पशु सेवा कार्यलय बाहेक अन्य सेवा  नगरबासीले एकीकृत रुपमा पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्छ ।” यस अघि सो कार्यालयको भवन रु १ करोड ५७ लाख लागतमा निर्माण सम्पन्न भइसकेको जनाइएको छ । 

भूकम्पप्रतिरोधि र अग्नि नियन्त्रक उपकरण जटित सो प्रशासनिक भवनमा करिव २०० क्षमताको  सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ ’ को रहेको निर्माण कम्पनीका प्रतिनिधि बरुण केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न   गरी  नगरपालिकालाई हस्तान्तरण गर्ने योजनामा  काम भैराखेको थियो । कोरोना महामारीका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर निर्माणलाई निरन्तरता दिँदै आएका छौँ ।  भवनको ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ । हस्तान्तरणको तयारीमा छौँ । ”

नगरपालिकाको १५ वडा मध्ये अधिकाशं वडा कार्यालयका आफ्नै भवन छन् । पछिल्ला समय वडा नं ३ र ४ वडाको नयाँ भवन निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको  ननगरप्रमुख गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नगरको भौतिक पूर्वाधार विकाससँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउने मेरो प्राथमितामा  थियो । यस कार्यमा सफलता मिलेको छ । ”काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप,नयाँ भञ्ज्याङ,वाड भञ्ज्याङ, बलम्बु,महादेवस्थान,तीनथाना,सतुंगल, मातातीर्थ,मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ तत्कालीन गाउँविकास समिति मिलाएर सो नगरपालिका बनाइएको थियो ।