११ श्रावण २०८३, सोमबार
,
Latest
माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने… बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौदीकालीले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि



अ+ अ-

कास्की । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई ३–१ सेटले हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । उपाधिसँगै उसले रु तीन लाख पुरस्कार प्राप्त गर्यो । उपविजेता गलकोटलाई रु दुई लाख प्रदान गरिएको छ ।

खेलको पहिलो सेट गलकोटले २१–२५ अङ्कले जित्यो । त्यसपछिका तीन सेट बौदाकालीले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट बौदीकालीले २७–२५, तेस्रो सेट २६–२४ र चौथो सेट २५–१६ अङ्कले जित्यो ।

सेमिफाइलनमा बौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो । यसैगरी गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । अन्नपूर्ण र चापाकोटलाई रु ५० हजारका दरले पुरस्कार प्रदान गरियो ।

प्रतियोगितामा बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु सात हजार पुरस्कार पाए । उत्कृष्ट स्पाइकर बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकर विश्वास अधिकारी र उत्कृष्ट सर्भर आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित भए ।

उनीहरुले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । विजेता, उपविजेता तथा विधागतरूपमा उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसदद्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्य गणेशमान गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।