८ आश्विन २०८१, मंगलवार
,
Latest
आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा सुनको मूल्य हालसम्मकै उच्च पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ को मृत्यु विर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म रवीन्द्रसंग प्रचण्डका मनका कुरा: राजसंस्था सोचे जस्तो खराब रहेनछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सहकार्य र समन्वयबाट भ्रष्टाचार न्यूनीकरण’



अ+ अ-

बझाङ । जिल्ला प्रशासन कार्यालयले भ्रष्टाचार न्यूनीकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन आह्वान गरेको छ । 
    
आपसि सहकार्य र समन्वयबाट मात्र भ्रष्टाचार न्यूनीकरण हुने कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाका सरोकार पक्षसँग सोमबार परिचयात्मक तथा छलफल आयोजना गरी सो आग्रह गर्नुभएको हो ।

उहाँले आमनागरिकले महसुस गर्ने गरी जिल्लामा शान्तिसुरक्षाको प्रबन्ध मिलाउने र  जिल्लाको समग्र विकासका लागि सबै क्षेत्रसँग समन्वय र छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

छलफल कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीले अधुरा रहेका कामबारे समेत प्रजिअलाई जानकारी गराउनुभएको थियो । रासस